नेमारले रोनाल्डो र मेसीलाई विस्थापित गर्ने

म्याड्रिड / वर्तमान समयमा अर्जेन्टिनी लियोनल मेसी र रियल म्याड्रिडका क्रिस्टियानो रोनाल्डोबीच श्रेष्ठताको होडबाजी चलिरहेको छ । पछिल्लो सात वर्षमा फिफा वर्ष खेलाडीमा रोनाल्डो वा मेसीमध्ये एकले बाजी मारेका छन् । 

यसकारण दुईमध्ये को श्रेष्ठ भन्ने चर्चा चल्ने गरेको पाइन्छ । मेसी र रोनाल्डोको जादु चलिरहँदा अन्य खेलाडी उनीहरुको नजिक नै पुग्न नसक्ने युरोपियन सञ्चारमाध्यमले जनाउने गरेका छन् । तर, म्यानचेस्टर युनाइटेडका पूर्वप्रशिक्षक एलेक्स फर्गुसनले मेसी र रोनाल्डोलाई ब्राजिलयन युवा स्ट्राइकर नेमार जुनियरले विस्थापित गर्ने दावी गरेका छन् । ‘मेसी र रोनाल्डोलाई टक्कर दिने केबल नेमार नै हुन्, उनीबाहेक अन्य खेलाडीसँग त्यो क्षमता छैनन्,’ फर्गुसनले भने । फर्गुसनले रायन गिग्स, डेभिड बेकह्याम तथा रानाल्डोजस्ता उत्कृष्ट फुटबलरलाई विश्वलाई दिलाएका हुन् । बेकह्याम र रोनाल्डोले लामो समय इंग्लिस क्लब म्यानचेस्टरमै बिताएका थिए ।

यी दुवै खेलाडीलाई निखार्ने काम प्रशिक्षक फर्गुसनले गरेका थिए । ‘जसरी बेकह्याम र रोनाल्डो फुटबलमा आफ्नो छाप राख्न सफल भएका छन्, नेमारले त्यो भन्दा बढि नाम राख्नेछन्,’ फर्गुसल भन्छन् । नेमारको युग अझैं नआएको बताउँछन् । ‘अहिले फुटबलको रोनाल्डो र मेसीको आसपासमा रुमलिएको छ, जब उनीहरुको दिन समाप्त हुन्छ, त्यसपछि नेमारबाहेक अन्य खेलाडी चर्चामा आउने छैनन्,’ फर्गुसनले भने, ‘अबको स्टार नेमार नै हो ।’ दुई वर्षअघि नेमार ब्राजिलयन क्लब सान्तोषबाट बार्सिलोनामा आबद्व भएका थिए ।

युरोपियन बजारमा नेमारले आफ्नो स्तर बढााउन नसकेको टिप्पणी उनले गरेका छन् । ‘सान्तोषमा रहँदा नेमारको खेल्ने शैली फरक थियो, अहिले बार्सिलोनामा उनले त्यस किसिमको भूमिका पाएका छैनन्, यसकारण उनले आफूलाई स्टार खेलाडीबीच एक्सपोज गर्न नसकेजस्तो लाग्छ,’ फर्गुसनले भने । कार्यन म्युनिख, बार्सिलोना, रियल तथा युनाइटेड भविष्यका स्टार खेलाडीलाई जन्माउने क्लबका रुपमा फर्गुसनले जनाए । आजको नयाँपत्रिकामा खबर छ ।

Comments

Popular posts from this blog

Bayern manager Pep Guardiola calls Lionel Messi the 'best player of all time

Fixtures, ICC WCL Div- 2, 2015