रोयललाई उपाधि...

फोटो:- सिटी कलेज ट्वान्टी-ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधिसाथ
 रोयल स्पोटर्स टिम।
नेपालगन्ज-, चैत्र २१ - अनुभवी ब्याट्सम्यान महेश क्षेत्रीको कप्तानीमा मैदान उत्रिएको रोयल स्पोर्ट्स क्लबले सिटी कलेज ट्वान्टी-ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि शुक्रबार जितेको छ। सिटी कलेजलाई ६ विकेटले निराश पार्दै उसले ५० हजार धनराशिको पुरस्कार हात पारेको हो । सिटीले २५ हजारमै चित्त बुझायो ।


नेपालगन्ज रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको सिटीले निर्धारित २० ओभरमा १८ ओभर १ बल खेल्दै १ सय १३ को योगफल खडा गर्‍यो । उसका लागि गणेश क्षेत्रीले ५१, विनायक गिरीले १८ र रिजवान अन्सारीले १६ रन बनाए । रोयलका रोशन साहुले ४ ओभरमा ३१ रन दिएर ४ विकेट लिए । निजामुद्दिन अन्सारीले ३ तथा आकाश विष्ट १ विकेट लिन सफल भए ।

१ सय १४ रनको लक्ष्य

पछ्याएको रोयलले १४ ओभर ५ बलमा ४ विकेट गुमाउँदै विजय लक्ष्य भेट्टायो । उसका लागि अनुभवी खेलाडी महेश क्षेत्रीले ४०, सुवेन्दु पाण्डेले २९ र आशिष आचार्यले १९ रन बनाए । सिटीका बलर करण शाहले २, अफाक शेख र प्रभात शाहीले १-१ विकेट बाँडेका थिए । ४ विकेट लिएका विजेता टिमका रोशन साहु म्यान अफ द म्याच घोषित भए ।

प्रतियोगिता अवधिमा उत्कृष्ट खेल प्रदर्शन गरेका नेपाल टाइगरका सिद्धान्तराज शाही म्यान अफ द सिरिज घोषित भए । प्रतियोगितामा बेस्ट ब्याट्सम्यानको उपाधि धम्बोझीका प्रलेश केसीले पाए । बेस्ट बलर नेपाल टाइगरका अविनाश बोहरा भए ।

राइजिङ प्लेयर आइडियल पब्लिक स्कुलका अकिब अली शेख र बेस्ट फिल्डर मंगोलियनका दीपक शाही घोषित भए । भृकुटी उच्च माध्यमिक विद्यालयको सहयोगमा सिटी कलेजले व्यवस्थापन गरेको प्रतियोगिता नेपालगन्ज युथको आयोजनामा सम्पन भएको हो । प्रतियोगितामा जिल्लाका कलेज र क्लबका गरी २२ टिम सहभागी थिए ।

Comments

Popular posts from this blog

Brazil Won by 2 Goal over Mexico with Nil Goal

Brazil leading by 2 goals