म्याच फिक्सिङ संलग्न खेलाडीलाई मुम्बई क्रिकेटको ३२ लाख..
वैशाख ४ – म्याच फिक्सिङ गरेको आरोपमा आजिवन प्रतिवन्ध भोगिरहेका भारतीय क्रिकेटर अंकित चौहानलाई मुम्बई क्रिकेट संघले ३२ लाख भारतीय रुपैयाँ दिएको छ ।
मुम्बई क्रिकेट संघ (एमसिए)ले चौहानलाई रणजी ट्रफी खेल्ने हरेक खेलाडीले प्राप्त गर्ने रकम बापतको ३२ लाख भारतीय रुपैयाँ दिएको हो । सन् २०१२–१३ को रणजी ट्रफीको उपाधि मुम्बईले जित्दा चौहानले टिमका तर्फबाट खेलेका थिए । त्यस समय मुम्बईले टोलीका हरेक सदस्यलाई ३२ लाख भारतीय रुपैयाँ दिने निर्णय गरेको थियो । तर चौहान २०१३ को आइपिएलमा भएको म्याच फिक्सिङमा संलग्न रहेको पाइएपछि उनले पाउने रकम संघले दिएको थिएन ।
एमसिएका उपाध्यक्ष रवि सावन्तका अनुसार सन् २०१४ मा चौहानको म्याच फिस र वोनस वापतको रकम भुक्तानी गर्ने बारे बिसिसिआईलाई पत्र पठाएपनि कुनै उत्तर नआएकाले अहिले रकम दिइएको हो ।
Comments
Post a Comment