यु-१९ विश्वकपको छनोट खेल नेपालमा...

काठमाडौं : अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले यु-१९ विश्वकप क्रिकेट प्रतियोगिताको विश्वस्तरको छनोट खेल आयोजना गर्ने अधिकार नेपाललाई दिने निर्णय गरेको छ। 

संयुक्त अरब इमिरेट्समा बिहीबार सम्पन्न आइसिसीको बोर्ड बैठकले निश्चित सर्तहरूको अधिनमा रही उक्त प्रतियोगिता आयोजनाको अधिकार नेपाललाई दिने निर्णय गरेको छ। 

यु-१९ विश्वकप छनोट यसै वर्ष आयोजना हुनेछ। तर प्रतियोगिता आयोजनाका लागि क्यानको प्रशासनिक क्षमता र भौतिक पूर्वाधारमा सुधारको सर्त अघि सारिएको छ।

यसअघि बलले लागेर निधन भएका अस्ट्रेलियन क्रिकेटर फिलिप ह्युजको सम्झनामा काठमाडौंमा गत साता आयोजित श्रद्धाञ्जलि कार्यक्रम सकेर फर्कने क्रममा आइसिसीका ग्लोबल डेभलपमेन्ट म्यानेजर टिम एन्डर्सनले आइसिसी नेपालमा आफ्ना प्रतियोगिता आयोजना तयार रहेको बताएका थिए।

 उनले नेपालमा आइसिसीका प्रतियोगिताहरू आयोजनाका लागि आफूले पहल गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका थिए।

क्यानका पदाधिकारीसँगको भेटमा एन्डर्सनले आइसिसीका प्रतियोगिता आयोजना गर्न नेपालले भौतिक व्यवस्थापनमा सुधार गर्नुपर्ने बताएका थिए। 

यसैगरी अस्ट्रेलियन क्रिकेट बोर्डका अध्यक्ष तथा आइसिसीको कार्यकारी समिति सदस्य वेल्ली एडवार्डसले पनि नेपालमा आइसिसीका प्रतियोगिता आयोजना गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

सन् २०१० यता नेपालमा आइसिसीको कुनै पनि प्रतियोगिता आयोजना हुन सकेको छैन। 

नेपालमा अन्तिम पटक वर्ल्‍ड क्रिकेट लिग डिभिजन फाइभका रूपमा आइसिसीको प्रतियोगिता आयोजना भएको थियो। 

तर खेलका क्रममा दर्शकले हुलदंगा गरेका कारण अन्तर्राष्ट्रिय क्रिकेटमा त्यसको नराम्रो सन्देश गएको थियो।

Comments

Popular posts from this blog

Bayern manager Pep Guardiola calls Lionel Messi the 'best player of all time

Fixtures, ICC WCL Div- 2, 2015