प्रधानमन्त्रीसँग क्रिकेट अष्ट्रेलियाका अध्यक्ष वाली एड्वार्डसको भेट वार्ता..

प्रधानमन्त्रीसँग क्रिकेट अष्ट्रेलियाका अध्यक्ष वाली एड्वार्डसको भेट

काठमाण्डौं, चैत २७ –नेपाल भ्रमणमा रहेका क्रिकेट अष्ट्रेलियाका अध्यक्ष तथा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) का ग्लोबल हेड वाली एड्वार्डसले प्रधानमन्त्री सुशील कोइरालासँग बालुवाटारमा भेट गर्नु भएको छ । शुक्रबार विहान भएको भेटमा नेपाल अष्ट्रेलियाको सम्बन्ध, नेपाल र अष्ट्रेलियाको क्रिकेट खेल, खेल पर्यटनका सम्बन्धमा कुराकानी भएको थियो । भेटमा अध्यक्ष एड्वार्डसले अष्ट्रेलियन क्रिकेटर फिल ह्युजप्रति श्रद्धाञ्जली व्यक्त गर्न नेपाल र अष्ट्रेलियाका बीचमा मैत्रीपूर्ण क्रिकेट खेल हुन लागेको प्रधानमन्त्री कोइरालालाई जानकारी गराउनुभयो ।

उहाँले नेपाली क्रिकेट खेलाडीहरुले क्रिकेट खेलमा गरेको प्रदर्र्शन र प्रगतिको पनि उच्च मूल्याङ्कन गर्दैै नेपालमा क्रिकेट खेलको विकासका लागि पूर्वाधार विकास र जनशक्ति विकासका लागि तालिममा सघाउन अष्ट्रेलिया सदैव तयार रहेको समेत बताउनुभयो । भेटमा प्रधानमन्त्री कोइरालाले क्रिकेट खेलमा नेपालले आशातित सफलता पाएको बताउँदै सरकारले मूलपानीमा सुविधा सम्पन्न क्रिकेट  मैदान निर्माण गरिरहेको र त्रिभुवन विश्वविद्यालयको खेल मैदान पनि अन्तर्राष्ट्रिय खेल मैदानको रुपमा विकसित भैरहेको बताउनुभयो ।

Comments

Popular posts from this blog

Thor Gets Another Haircut

Local polls impossible in March-April: CEC Yadav