टाउकोमा बलले लागेपछि अर्का भारतीय खेलाडी घाइते...


वैशाख ८ – भारतको कोलकत्तामा केही दिन अघि मात्र क्रिकेट खेल्ने क्रममा घाइते भएका एक खेलाडीको ज्यान गएको थियो । त्यो घटनाको दुई दिन बित्न नपाउँदै टाउकोमा बलले लागेर अर्का एक खेलाडी घाइते भएका छन् ।

बंगाल क्रिकेट संगठनको सेकेण्ड डिभिजन लिगको खेलका क्रममा फिल्डिङ गरिरहेका राहुल बोस ब्याट्सम्यानले प्रहार गरेको बलले लागेर घाइते भएका हुन् । ब्याटसम्यानले प्रहार गरेको बल बाउन्स भएर बोसको टाउकोमा लाग्दा उनी मैदानमा ढलेका थिए । उनलार्ई तत्काल अस्पताल भर्ना गरिएको छ ।

अस्पतालका अनुसार बोसको स्थिती चिन्ताजनक नभएको र उनी बोलिरहेका छन् । डाक्टरले बोसलाई ७२ घण्टा सम्म अस्पतालमै राखेर २४ घण्टा निगरानीमा राख्ने बताएका छन् । यसअघि सोमबार फिल्डिङ गर्ने क्रममै ठोकिएर घाइते भएका कोलकत्ताकै अंकीत केशरीको सोही अस्पतालमा निधन भएको थियो ।

Comments

Popular posts from this blog

Brazil Won by 2 Goal over Mexico with Nil Goal

Brazil leading by 2 goals