राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने...
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने
काठमाडौं, चैत २६ – राष्ट्रिय खेलकुद परिषदले एक महिनापछि केन्द्रस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता गर्ने भएको छ । परिषदले बिहीबार राष्ट्रपति रनिङ शिल्ड समन्वय समितिको सिफारिसमा आगामी वैशाख २७ देखि २९ गतेसम्म उपत्यकामा प्रतियोगिता गर्ने निर्णय गरेको हो ।
परिषदका अनुसार, प्रतियोगितामा एथ्लेटिक्स, भलिबल, कराँते, उसु र तेक्वान्दो गरी ५ खेल खेलाइने छ । पाँच विकास क्षेत्रका ३ सय ६० खेलाडीले भाग लिने प्रतियोगितामा एथ्लेटिक्समा ३४, भलिबलमा २, कराँतेमा ८ तथा उसु र तेक्वान्दोमा समान ६–६ स्वर्णका लागि प्रतिस्पर्धा हुने परिषदले जनाएको छ ।
प्रतियोगितामा पाँचै खेलको व्यक्तिगत स्पर्धामा पहिलो, दोस्रो र तेस्रो स्थान हात पार्ने खेलाडीले क्रमशः ३ हजार, २ हजार र १ हजार नगद पुरस्कार पाउनेछन् । परिषदले काठमाडांै र ललितपुरमा सञ्चालन हुने प्रतियोगितामा ३३ लाख रुपैयाँ खर्च हुने जनाएको छ ।
Comments
Post a Comment