क्याच लिँदा मैदानमा ढलेका क्रिकेटरको निधन

एजेन्सी : क्रिकेट खेल्ने क्रममा चोट लागेर मैदानमा ढलेका एक भारतीय क्रिकेटरको सोमबार बिहान निधन भएको छ । मैदानमा ढलेर घाइते कोलकाताका क्रिकेट खेलाडी अंकित केसरीको उपचारका क्रममा ज्यान गएको हो ।

अंकित कोलकाताको इस्ट बंगाल क्लबका क्रिकेटर थिए । अंकित तीन दिनअघि खेलका क्रममा मैदानमै घाइते भएर ढलेका थिए । घाइते भएका उनी चोटबाट बाहिर निस्कन सकेनन् र संसारलार्इ अलबिदा भन्न बाध्य भए ।

अंकितलार्इ शुक्रबार सिएबी सिनियर नकआउट प्रतियोगितामा भवानीपुर क्लबविरुद्दको खेलका क्रममा चोट लागेको थियो । क्याच लिने कोशिस गर्दा उनी आफ्नै टिमका साथी सौरभ मण्डलसँग ठोक्किएर मैदानमै ढलेका थिए ।

तीन दिनयता कोलकाताको सिटी अस्पतालमा अंकितको उपचार भइरहेको थियो । उपचारकै क्रममा आज हृदयघात भएर उनको ज्यान गएको हो ।
२८ अक्टोबर १९९४ मा जन्मेमा अंकित केसरीले बंगाल अन्डर-१९, इस्ट जोन अन्डर-१९, क्रिकेट एसोसिएशन अफ बंगला-११ र बंगाल अन्डर-२३ टिमबाट क्रिकेट खेलिसकेका थिए ।

२० वर्षीय यी दायाँ हाते बल्लेबाजले अहिलेसम्म ४७ वटा प्रतियोगिता खेलिसकेका थिए ।

यसअघि अस्ट्रेलियाका २५ वर्षीय फिलिप ह्युजको सिडनी क्रिकेट ग्राउन्डमा दक्षिण अस्ट्रेलिया र न्यू साउथ वेल्सबीचको म्यचाका क्रममा दौरान सिन एबटको बाउन्सर शिरमा लागेको दुर्इ दिनपछि २७ नोभेम्बरमा ज्यान गएको थियो ।

Comments

Popular posts from this blog

Brazil Won by 2 Goal over Mexico with Nil Goal

Brazil leading by 2 goals