चेन्नईको जित र मुम्बईको हार कायमै..
मुम्बई, वैशाख ५ - शुक्रबार राति भएको आइपिएल खेलमा चेन्नई सुपरकिंग्सले आफ्नो विजय यात्रा जारी राख्यो भने मुम्बई इन्डियन्सको पराजय पनि जारी रह्यो ।
लगातार ३ खेल जितेको महेन्द्र सिंह धोनी नेतृत्वको चेन्नई अंक तालिकामा दोस्रो स्थानमा पुगेको । पहिलो स्थानमा भएको राजस्थानले ४ खेल खेलेर सबै जितेको हो ।
यता रोहित शर्मा नेतृत्वको मुम्बई भने लगातार ४ खेलमा पराजित भएर अंक तालिकाको पुछारमा पुगेको छ ।
हिजोको खेलमा केरन पोलार्ड (६४) र रोहित शर्मा (५०) ले मुम्बईको स्कोरलाई १ सय ८३ सम्म पुर्याएका थिए । कुनै बेला ६२ रनमा ४ विकेट गुमाएको स्थितिबाट यी दुईले टिमलाई सम्मानजनक स्कोरमा पुर्याएका थिए । चेन्नईका लागि आशिष नेहराले ३ विकेट लिए ।
जवाफी ब्याटिङमा आएको चेन्नईले यो स्कोरलाई निकै सानो सावित गरिदियो । सत्रौं ओभरमा चेन्नईले लक्ष्य भेट्टायो र मुम्बई ६ विकेटले पराजित भयाे ।चेन्नईका लागि ड्वेन स्थिम, म्याकुलम र सुरेश रैनाले रन बटुल्ने काम गरे ।
Comments
Post a Comment