युवराज चलेपछि दिल्लीको पहिलो जित

पुने, वैशाख ३ - आइपिएलमा दिल्ली डेयरडेभिल्सले पहिलो जित हात पारेको छ । बिहीबार रातिको खेलमा दिल्लीले किंग्स इलवेन पञ्जाबलाई पाँच विकेटले पराजित गरेको हो । यो सिजनमा सबभन्दा महंगो १६ करोडमा किनिएका तर अघिल्ला खेलहरुमा खासै नजमेका दिल्लीका युवराज सिंहले पञ्जाविरुद्ध भने अर्धशतक बनाए ।

पञ्जाबले दिएको १६६ रनको लक्ष्य पक्ष्याउन मयंक अग्रवालले ६८ र युवराजले ५५ रनको योगदान गरे । यी दुईले तेस्रो विकेटका लागि ६६ बलमा १ सय ६ रनको साझेदारी गरेका थिए । पञ्जाबले वीरेन्द्र सहवागको ४७ रनको मद्दतले ७ विकेट गुमाएर १६५ रन बनाएको थियो ।

Comments

Popular posts from this blog

Brazil Won by 2 Goal over Mexico with Nil Goal

Brazil leading by 2 goals