कलैया र विराटनगर सेमिफाइनलमा


बारा, वैशाख २९ - कलैया क्रिकेट क्लब, विराट क्रिकेट सोसाइटी विराटनगर र महोत्तरी क्रिकट क्लब सभासद कप ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनल पुगेका छन् । कलैयास्थित सिद्धेशवर खेल मैदामनमा सञ्चालित प्रतियोगितामा कलैया र विराटनगरले सोमबार आआफ्नो खेल जिते ।

विराटनगरले सर्भिस क्रिकेट क्लब भारत मोतिहारीलाई ३२ रनले पराजित गर्‍यो । टस जितेको विराटनगर १९.१ ओभरमा १ सय ३ रनमा अलआउट भयो । मोतिहारी पनि १७.१ ओभरमा ७१ रनमा सीमित रह्यो । विराटनगरका हासिम अन्सारी ३१ रन र २ विकेट लिएबापत म्यान अफ द म्याचमा चुनिए ।

विराटनगरका विवेक झा २९ र सुसान भारीले ११ रनको योगदान दिए । मोतिहारीका फैजल जैन र फैजल साहले ३–३ र सकीबुल जैनले २ विराटनगरका खेलाडीलाई पवेलियन फर्काए । मोतिहारीबाट फैजल जैन १८, राजुकुमारले १६ रनको योगदान दिए । विराटनगरका मनोज मण्डलले ३, सुसान भारीले २, अरसलम अख्तरले २ विकेट लिए ।

अर्को खेलमा कलैयाले मोर्नाक क्रिकेट क्लब बेतिया भारतलाई १० विकेटले पराजित गर्‍यो । कलैयाका विजयसँगै महोत्तरी पनि सेमिफाइनल पुग्यो । बेतिया समूहका दुवै खेलमा पराजित भयो । टस जितेको बेतिया १८.५ ओभरमा ८५ रनमै अलआउट भयो । कलैयाले ११ ओभरमा बिनाविकेटको क्षतिमा विजय लक्ष्य हासिल गर्‍यो । अमित श्रेष्ठ ६३, रवि साहले २१ रन बनाई नटआउट रहे ।

बेतियाका ५ खेलाडीलाई मैदान बाहिर पठाए बापत कलैयाका कुमार थापा म्यान अफ द म्याच घोषित भए । त्यस्तै अविनाश कर्ण ३, राष्ट्रिय क्रिकेट टिमका पुर्वकप्तान विनोद दासले २ विकेट लिए । बेतियाका लागि दिवाकर रावत १२, सुरज शंकर १४, रसिद इकबाल १३ रनको योगदान दिए । मंगलवार कलैया क्रिकेट क्लब र सर्भिस क्रिकेट क्लब मोतिहारी तथा विराट क्रिकेट सोसाइटी विराटनगर र महोत्तरी क्रिकेट क्लबबीच सेमिफाइनल खेल हुनेछ ।

Comments

Popular posts from this blog

Bayern manager Pep Guardiola calls Lionel Messi the 'best player of all time

Fixtures, ICC WCL Div- 2, 2015