महाभूकम्पको पीडा भुलेर विश्वकप क्रिकेटको तयारीमा छौं : पारस खड्का...
काठमाडौं, जेष्ठ १२ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आसन्न ट्वेन्टी ट्वेन्टी बिश्वकप छनौट प्रतियोगिताको लागि तयारी सुरु गरेको छ । बैशाख १२ गते गएको विनाशकारी भुकम्पका कारण नेपाली टोलीले प्रतियोगिताको लागि तयारी सुरु गर्न सकेको थिएन ।
नेपाली टोलीका कप्तान पारस खड्काले आफुहरु भुकम्पको सम्पूर्ण पीडा बिर्सदै महत्वपुर्ण प्रतियोगिताको तयारीमा केन्द्रित भएको बताएका छन् ।
प्रतियोगिताको तयारीका लागी केही दिन पछि टोली भारत जाँदै छ । यस्तै, भारतको बसाइ सकिए पछि थप अभ्यास र मैत्रिपुर्ण खेलका लागी टोली इंगल्याण्ड र नेदरल्याण्ड जाने छ ।
सम्पूर्ण खेलाडीले कडा मिहेनत गरेका कारण प्रतियोगितामा राम्रो खेल खेल्दै बिश्वकपका लागी छनौट हुने लक्ष्य रहेको कप्तान खड्काले बताएका छन् ।
छनौट प्रतियोगिता आउँदो जुलाई ६ देखि २६ सम्म आयरल्याण्ड र स्कटल्याण्डमा संयुक्त रुपमा आयोजना हुँदै छ ।
Comments
Post a Comment