मिल्लरको छक्काले पुलिसको आँखो फुट्यो...

२०७२ जेष्ठ २ शनिबार- इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत कोलकातामा भएको एक खेलका क्रममा डेभिड मिल्लरले प्रहार गरेको छक्काले लागेर एक प्रहरीको दाहिने आँखो फुटेको छ।

९ मे मा किङ्स इलाभेन पञ्जाव र कोलकाता नाइटरार्इड्रसबीच ईडन गार्डेन्स कोलकातामा भएको खेलका क्रममा डेभिड मिल्लरको हातबाट छक्का निस्केको बलले  लागेर पुलिसको आँखो फुटेको हो ।

दक्षिण अफ्रिकी ब्याट्सम्यान डेभिड मिल्लरले आन्द्रे रसेलको  बलमा जोडदार छक्का हानेका थिए । छक्का लागेको  बल स्ट्यान्डमा पुलिसकर्मी आलोकको दाहिने आँखामा लाग्यो

आँखाको ज्योति गुमाएका ५३ वर्षीय आलोक आइचका छोराले इन्डियन एक्सप्रेसलार्इ बताएअनुसार कोलकाता पुलिस उनका पिताको  उपचारका लागि खर्च जुटाइरहेको छ ।

उनले यही दुर्घटनाका कारण बाबुले पुलिसको  जागिर गुमाउनुपर्ने डर बढेको बताए ।

आलोकका छोराले इन्डियन एक्स्प्रेसलार्इ भनेका  छन्, 'परिवारमा कमाउने एक्ला ब्यक्ति मेरा पिताको दाहिने आँखाको ज्योति गइसकेको छ, अब उनी  पुन जागिर खान सक्छन् जस्तो लाग्दैन ।'

उनले यदि बाबुलार्इ जागिरबाट निकालियो भने जीवन चलाउने उपायन नै नहुने बताएका  छन् । 'पितालार्इ नोकरीमै राख्लान् या स्वेच्छिक सेवानिवृत्ति लिन भन्लान्, यदि पिताको नोकरी गयो  भने हामी कसरी  बाँच्ने ?'

आफ्नो ब्याटिङबाट छक्का निस्केको बलले पुलिसको आँखा फुटेको घटनालार्इ  डेभिड मिल्लर दु:खदायी भनेका छन् । 'मैले चाहेजस्तो हुने हो भने यो घटना झुटो सावित होस ।'

'पुलिसकर्मीमाथि मेरो कारणले जे जति दु:ख आइलाग्यो त्यसका लागि क्षमा माग्न तयार छु', उनले भनेका छन् । यो खेलमा मिल्लरले ११ बलमा २७ रन बनाएका थिए । तर यो खेल कोलकाताले
जितेको थियो । २५ वर्षीय मिल्लर सन् २०११ देखि पञ्जावसँग  आवद्ध छन् । २५ वर्षीय मिल्लर पञ्जाब टिमबाट क्रिकेट खेल्छन् ।

Comments

Popular posts from this blog

PM Deuba urges people to stand adjoining feasible totalitarianism

Ten South Africa A players hospitalised in Chennai due to food poisoning | CSA