राष्ट्रिय खेलकुद परिषद राखेपका सदस्यसचिव युवराज लामाले क्रिकेट विकास बोर्ड गठनको प्रस्ताव...

काठमाडौंमा पत्रकार सम्मेलन गरी सदस्यसचिव लामाले नेपाल क्रिकेट संघ क्यानमा भैरहेको विवाद समाधानको साथै क्रिकेट खेलको विकास र बिस्तारका लागि पनि क्रिकेट विकास बोर्ड गठन गर्नुपर्नेमा  जोड दिनुभयो ।
      लामाले सरकारको मातहतमा गठन गरिने बोर्डको नाम नेपाल क्रिकेट विकास बोर्ड राखिने प्रस्ताव सहित बोर्ड गठन गठन तथा सञ्चालन कार्यविधिसमेत सार्वजनिक गर्नुभयो। प्रस्तावमा कानूनी समस्या नभएको बताउँदै लामाले प्रस्ताव  मन्त्रिपरिषदबाट पारित भएमा क्रिकेट खेल र खेलाडीको समस्या पूर्णरुपमा समाधान हुने दावी गर्नुभयोे ।

          राष्ट्रिय खेलकुद परिषद राखेपका सदस्यसचिव युवराज लामाले क्रिकेट विकास बोर्ड गठन गर्न प्रस्ताव गर्नुभएको छ ।पत्रकार सम्मेनलमा उपस्थित नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काले बोर्ड गठनपछि क्रिकेट खेल र खेलाडीको विकास हुने विश्वास व्यक्त गर्नुभयो ।

Comments

Popular posts from this blog

Bayern manager Pep Guardiola calls Lionel Messi the 'best player of all time

Fixtures, ICC WCL Div- 2, 2015