प्रतियोगिता बाट राजस्थान रोयल्स बाहिरियो...

पुने: इण्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा राजस्थान रोयल्स बाहिरिएको छ। बुधबार राती भएको खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरले राजस्थानलाई ७१ रनले हरायो। हारसँगै राजस्थान प्रतियोगिताबाट बाहिरिएको हो।

जितसँगै बैंग्लोरले फाइनल प्रवेशको सम्भावना बलियो बनाएको छ। शुक्रबार चेन्नइ सुपर किंग्ससँगको खेलमा जित निकाल्न सके बैंग्लोर फाइनलमा पुग्नेछ । बैंग्लोरका एवी डिबिलियर्स र मानदीप सिंहले ११३ रनको साझेदारी गरे।

खेलमा टस जितेर पहिले व्याटिङ गरेको बैंग्लोरले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १८० रन बनाएको थियो भने १८१ रनको लक्ष्य पाएको राजस्थान १९ औभरमा १०९ बनाएर अल आउटभयो।

Comments

Popular posts from this blog

Thor Gets Another Haircut

Local polls impossible in March-April: CEC Yadav