आइपिएल क्रिकेटको फाइनलमा मुम्बइ र चेन्नई भिड्ने

काठमाडौं, जेष्ठ ९ । इन्डियन प्रिमियर लिग आइपीएल क्रिकेट प्रतियोगताको फाइनलमा चेन्नई सुपर किंग्स र मुम्बई इण्डियन्सबीच खेल हुने भएको छ । शुक्रबार राँचीमा भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ३ विकेटले हराएर चेन्नई फाईनलमा पुगेको हो ।
टस हारेर व्याटिङको निम्तो पाएको बैङलोरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३९ रन बनायो । १४० रनको झिनो चुनौति पार गर्न चेन्नईलाई पनि १९ दशमलव ५ ओभरसम्म कुर्नुपर्‍यो । उक्त लक्ष्य उसले ७ विकेट गुमाएर भेट्टायो । पहिलो क्वालिफायरमा चेन्नई मुम्बईसँग पराजित भएको थियो भने एलिमिनेटर खेलमा बैंगलोरले राजस्थान रोयल्सलाई हराएको थियो । फाइनल खेल आइतबार हुनेछ ।

Comments

Popular posts from this blog

TU scraps connection to National Medical College

Brazil leading by 2 goals