नेपाल राष्ट्रिय क्रिकेट टोलीका प्रमुख प्रशिक्षक पुबुदु दासानायके अनुसार, तीन खेलाडीको टुंगो लाग्न बाँकी...

नेपाल राष्ट्रिय क्रिकेट टोलीका प्रमुख प्रशिक्षक: पुबुदु दासानायके
२०७२ जेष्ठ १४ बिहीवार, काठमाडौं: राष्ट्रिय क्रिकेट टोलीका प्रमुख प्रशिक्षक पुबुदु दासानायकेले भारतमा हुने बन्द प्रशिक्षणबाट तीन खेलाडीको टुंगो लाग्ने बताएका छन्। उनले १५ सदस्यीय राष्ट्रिय टोलीमध्ये १२ खेलाडी निश्चित भइसकेको बताए।

'हामीसँग १२ जना खेलाडी जहिले पनि तयार छन्। बन्द प्रशिक्षणमा रहेका २२ खेलाडीमध्ये १० खेलाडी चार स्थानका लागि भिड्नेछन्। हामीसँग तीनजनाका लागि ठाउँ छ' हाल क्यानडामा रहेका दासानायकेले सामाजिक सञ्जाल फेसबुकमा गरिएको कुराकानीमा अन्नपूर्णसँग भने।

नेपाल क्रिकेट संघ (क्यान) ले आसन्न टिट्वेन्टी विश्वकप विश्वस्तरको छनोट र आईसीसी वल्र्ड क्रिकेट लिग डिभिजन च्याम्पियनसिपको तयारीका लागि २२ खेलाडीलाई राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा छनोट गरेको थियो।

उक्त टोलीले ५ देखि २० जुनसम्म भारतमा बन्द प्रशिक्षण गर्दैछ। आगामी ९ देखि २६ जुलाईसम्म आयरल्यान्ड र स्कटल्यान्डमा टिट्वेन्टी विश्वस्तरको छनोट प्रतियोगिता आयोजना हुँदैछ। नेपालले डिभिजन च्याम्पियनसिपअन्तर्गत स्कटल्यान्डविरुद्धको अवे खेल २९ र ३१ जुलाईमा खेल्ने कार्यक्रम छ।

बन्द प्रशिक्षणका लागि छनोट हुने खेलाडीमा पारस खड्का, शरद भेषावकर, वसन्त रेग्मी, सोमपाल कामी, करन केसी, सुवास खकुरेल, शक्ति गौचन, सागर पुन, विनोद भण्डारी, भुवन कार्की, प्रदीप ऐरी, जितेन्द्रकुमार मुखिया, पृथु बाँस्कोटा, अनिल मण्डल, सिद्धान्त लोहनी, मेहबुब आलम, राजेश पुलामी, अविनाश कर्ण, हरिशंकर शाह, सौरभ खनाल र महेश क्षेत्री छन्।

यीमध्ये सिद्धान्त, हरिशंकर र सौरभले यसअघि सिनियर राष्ट्रिय टोलीबाट खेलेका छैनन्। पृथु, जितेन्द्र, अविनाशलगायत खेलाडी चोटबाट फर्किएका हुन्। राजेशले सिनियर राष्ट्रिय टोलीबाट यसअघि प्रथम श्रेणीको क्रिकेटमात्र खेलेका छन्।

'भारतमा सबै खेलाडीको लय हेरिनेछ। त्यसपछि खेलाडीको टुंगो लाग्नेछ' दासानायकेले भने।

उनले भारत भ्रमणपछि टुंगो लाग्ने तीन खेलाडीमा आफूले खोजेको बारे प्रस्ट पार्दै भने,'सायद एक एक जना फास्ट बलर र अलराउन्डर तथा बाँकी मध्यक्रमका ब्याट्सम्यान हुनेछन्।' दासानायके २ जुनमा भारत आइपुग्ने कार्यक्रम छ।

भारतबाट टोली फर्किएपछि टिट्वेन्टी विश्वकपको छनोटका लागि राष्ट्रिय टोली घोषणा हुनेछ। १४ टोली सहभागी हुने उक्त प्रतियोगिताबाट ६ टोली भारतमा सन् २०१६ मा हुने टिट्वेन्टी विश्वकपका लागि छनोट हुनेछन्।

नेपालले समूहगत चरणमा आयरल्यान्ड, हङकङ, पपुवान्युगिनी, नामिबिया, अमेरिका र जर्सिको सामना गर्नेछ।

Comments

Popular posts from this blog

PM Deuba urges people to stand adjoining feasible totalitarianism

Ten South Africa A players hospitalised in Chennai due to food poisoning | CSA