"मेरो प्यारो देश" खेल भन्दा फरक प्रसङ्ग: अशोक कुमार (लेख)

नाम: अशोक कुमार, एडमिन: फेशबुक पेज: एन.पि. एल्  स्पोर्टस
अस्थाई ठेगाना: मलेसिया
हाल हाम्रो देश नेपाल, ठुलो प्राकृतिक प्रकोपको चपेटामा गुज्रिएको छ,जहाँ हजारौं मेरा नेपाली आमाबुवा दजुभाई दिदिबहिनी हरुले अकालमा ज्यान गुमाउनु पर्यो र लाखौंको घर बस्ने वास उठेको छ भने अरबौको क्षति भएको अबस्था छर परम्परा पूर्खा देखिको इतिहास पनि मेटाउने अबस्थामा विषम परिस्थितिको चपेटा बाट "म" पनि अछुतो भने छुइन।

येस घडीमा नेपालर नेपालीको लागि बिश्व भरिबाट सहयोग आइरहेको छतर सधै सहयोगले मात्र पुग्दैन हामी आफै जुट्नु पर्छ र देशलाई पुनः पुरानै स्थितिमा होइन नयाँ ढंगले विकसित मुलुक मध्ये एक बनाउनु पर्छ ।

तर अहिले र पहिला देखिनै नेपाल र नेपालीको लागि केही गर्छौ र गरिएका छौँ भनि भ्रममा पार्ने नेपाली राजनैनिक पार्टीर ठुलो मैहु भनौंदा नेताज्यु हरुले अब भने पक्कै केही गर्ने बेला आएको छ र मौका पनियेहि हो सुध्रिने र सुधारने ! येस्तो परिस्थितिमा पनि जनताको मन जित्न सकेनन् भने अब त्यो नेतार पार्टीको अश्तित्व समाप्त हुने निश्चित छ ,यद्यपि यो मौकालाई सदुपयोग गरि देश र जनताको भाबनालाई कदर गरिदेश बिकास गरियो भने त्यो हो असल नेतार पार्टीजुन इतिहासकै पनामा लेखिनेछर त्यो ब्यक्ती कहिलै मर्ने छैन।तर केही ब्यक्तिहरु मिडियामा ईन्टरनेटमा छाउनको लागि भयेपनी केही गरिरहेको काम गरेको जस्तो फोटो हालेर सहयोग गरेको झैँ नाटक देखाउदै छन।

हुनत म पनिकुनै ठुलो ब्यक्ति त होइन एक असलर दुखी मानिस हरुमा एक हु तेसैले त यो खाडी मुलुकमा दुख गर्न बध्य छु। येदि अबको दिनहरूमा नेपाललाई माथी उठाउने महान ब्यक्ति जन्मेको रहेछ भने हामी जस्ता लाखौ युवाहरु बिदेशी भुमिमा पसिना बगाउनु पर्ने थिएनर अर्काको हात थाप्नु पर्ने थिएन,देशमा नै रोजगारीको अवसर हुनेथियो। अनि दिनदिनै कयौं लाशहरु बाकसमा आउने थिएन!!! र अबको नयाँ नेपालमा जाति धर्म लिंगको आधारमा भेदभाव रहित हुनुपर्छ अनि सबैले समानहक अधिकार पाउनुपर्छ ।

अब अन्त्यमा,
येस घडीमा म एक युवक भएकोर सच्चा नेपालीको नाताले पनि नेपाल आएर सहयोग गर्न चाहन्थे खै भने जस्तो नहुने रहेछ,जो जहाँ भए पनि सहयोग गरौं नयाँ शान्त र समृद्ध नेपाल बनाउ, येदि तेस्तो भएन भने अब कोही पनिसचेत युवा नागरिकहरु नेपाली भन्न पनि लाज मन्ने छ्न, होसियार नेताजीहरु खबरदार!!!!???

संपर्क ठेगाना:
अशोक कुमार (नेपाली)
सर्लाही कालिन्जोर 9,7 नेपाल
हाल: सरम्बान मलेसिया

Comments

Popular posts from this blog

Bayern manager Pep Guardiola calls Lionel Messi the 'best player of all time

PM Deuba urges people to stand adjoining feasible totalitarianism