लन्डन म्याराथनमा नेपाली किशोरी....

लण्डन , वैशाख १८ - भारतमा बेचिएका नेपाली बालबालिकाको उद्दारमा कार्यरत एउटा च्यारिटी एस्थर बेञ्जामिन ट्रष्टको सहयोगका लागि नेपाली किशोरीले लन्डन म्याराथनमा भाग लिइन्।

४२ किलोमिटर लामो उक्त दौड बेलायतमात्र होइन, विश्वकै ठूलो मानिन्छ । यसपटक करिव ३८ हजार सहभागी लन्डन म्याराथन नेपाली किशोरी कल्पना लिम्बुले ४ घण्टा ३९ मिनेटमा पूरा गरेकी छिन् । दौडेर कल्पनाले एक हजार ७ सय ४८ पाउण्ड पनि संकलन गरिन्।

भर्जिन लण्डन म्याराथनमा १८ देखि ३९ वर्ष उमेर समूहका व्यवसायिक खेलाडी देखि च्यारिटीमा काम गर्ने सम्म सहभागी थिए।

कोभेन्ट्री विश्वविद्यालयमा अर्थशास्त्रमा स्नातक अध्ययन गरिरहेकी १८ वर्षीया लिम्बुले भारतमा बेचिएका नेपाली बालबालिकाको उद्धारमा कार्यरत एस्थर बेञ्जामिन ट्रष्टको सहयोगका लागि म्याराथन दौडेकी थिइन्।

४२ किलोमिटर दौड पूरा गरेपछि उनले भनिन्, 'थकाइ पनि लागेको छ, खुसी पनि लागेको छ ।' म्याराथन दौड्ने माहौल अत्यन्त उत्साह जगाउने भएकाले दौड अवधिभर बीचैमा छोड्छु भनेर सोच्नै नपाएको उनले बताइन्। दौड्दा छेउछेउबाट पानी, जुस, खानेकुराहरु दिने, टिसर्टमा लेखिएको नाम बोलाएर हौसला दिंदा १८ माइल दौडेको उनले थाहै पाइनन्। त्यसपछि भने थाक्दै गएको अनुभव उनले

गरिन्।

तयारीका क्रममा साथीहरुसित ३५र३६ किलोमिटर दौडेकी उनलाई हजारौं धावकका बीचमा दौड्दा अलि फरक महसुस भयो । 'दायां बायां अघिपछि सबैतिर दौड्नेहरु, अलि अगाडि जाउं भन्दा पनि मान्छे नै मान्छे । अलि फोकस गर्न मलाई गाह्रो भयो' उनले अनुभव सुनाइन्।

५ घण्टामा दौड पूरा गर्ने उनको योजना थियो। त्यसभन्दा २० मिनेट अगावै दौड पूरा गरेकोमा उनी खुसी छिन् । त्यससँगै २ हजार पाउण्ड सहयोग उठाउने उनको लक्ष्यमा १ हजार ७४८ पाउण्ड उठाउन उनी सफल भएकी छिन् ।

छोरीले सकुशल म्याराथन पूरा गरेपछि साहित्यकार पिता विश्वासदीप तिगेला पनि प्रशन्न छन्। 'युनिभर्सिटीमा अर्को हप्तादेखि परीक्षा सुरु हुँदैछ कतै घाइते भइदियो भने पढाइमा असर पर्छ भन्ने पीर थियो,' उनले भने ।

नेपालको राजनीति र अर्थनीतिमा असाध्यै रुचि राख्ने कल्पनालाई म्याराथनको अघिल्लो दिनमात्र नेपालमा गएको भुकम्पले झनै दुःखी बनायो । तैपनि उनले दौड पूरा गरेरै छाड्ने अठोट परिवर्तन गरिनन्।

Comments

Popular posts from this blog

Bayern manager Pep Guardiola calls Lionel Messi the 'best player of all time

I would pay to watch AB de Villiers and Mitchell Starc: David Warner