भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) समक्ष आग्रह आफुलाइ टीममा नराख्न आग्रह: बिराट कोहली

२०७२ जेष्ठ ३ आईतवार- नयाँदिल्ली : विराट कोहलीले बंगलादेशको भ्रमणमा जाने भारतीय क्रिकेट टिममा आफूलाई नराख्न भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) समक्ष आग्रह गरेका छन्।

बीसीसीआईका सचिव अनुराग ठाकुरले पनि कोहलीको प्रस्ताव आएको स्वीकार गरे। मे २० मा भारतीय टिमको घोषणा हुनेछ। कप्तान महेन्द्र सिंह धोनीले टेस्ट टिमबाट सन्न्यास लिइसकेको अवस्थामा कोहलीले नै टिमको नेतृत्व गर्नुपर्ने हुन्छ।

तर कोहलीले आराम गर्ने प्रस्ताव राखेपछि छनोट समितिसमेत कसलाई जिम्मेवारी दिने भन्नेमा निश्चित हुन सकेको छैन। अन्य केही खेलाडीले पनि आराम गर्ने प्रस्ताव राखेको पनि बीसीसीआईले जनाएको छ।

भारतीय टिमले बंगलादेशको भ्रमणका क्रममा एक टेस्ट र तीन एकदिवसीय क्रिकेटको शृंखलामा सहभागिता जनाउनेछ। पहिलो टेस्ट फतुल्लाहमा जुन १० देखि १४ सम्म हुनेछ। यसैगरी एकदिवसीय खेल भने जुन १८, २१ र २४ मा मिरपुरमा हुने कार्यक्रम छ।

इन्डियन प्रिमियर लिग क्रिकेट सकिएको दुई सातापछि भारतीय टिम जुन ७ मा बंगलादेशतर्फ लाग्नेछ। बंगलादेश निकै राम्रो फर्ममा छ।

बंगलादेशले पाकिस्तानविरुद्धको एकदिवसीय र टिट्वेन्टी क्रिकेट शृंखला जितिसकेको छ। पहिलो टेस्टमा पाकिस्तानलाई रोकेर बंगलादेशले आफू बलियो भएको प्रमाण दिएको छ।

 त्यसैले बंगलादेशविरुद्धको शृंखलामा भारत सचेत छ। टेस्ट वरीयतामा सातौं स्थानमा रहेको भारतका लागि वरीयता सुधार्ने मौकाका रूपमा हेरिएको छ। टेस्ट वरीयतामा बंगलादेश नवौं र भारत सातौं स्थानमा छ। तर, एकदिवसीय वरीयतामा भारत दोस्रो स्थानमा छ।

क्रिकेटको जननीलाई हराउँदै बंगलादेश केही महिनाअघि सम्पन्न भएको एकदिवसीय क्रिकेटको क्वार्टरफाइनलमा पुगेको थियो।

Comments

Popular posts from this blog

Bayern manager Pep Guardiola calls Lionel Messi the 'best player of all time

Fixtures, ICC WCL Div- 2, 2015