आइपिएल क्रिकेटको फाइनलमा चेन्नई र मुम्बई भिड्ने...

मुम्बइ– इन्डियन प्रिमियर लिग क्रिकेट आइपिएलको फाइनलमा चेन्नई सुपर किंग्स र मुम्बई इन्डियन्स्बीच खेल हुने भएको छ । शुक्रबार राती राँचीमा भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ३ विकेटले हराएर चेन्नई फाईनलमा पुगेको हो ।
टस हारेर व्याटिङको निम्तो पाएको बैङ्लोरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३९ रन बनायो । जवाफी व्याटिङमा उत्रिएको चेन्नईले १९ दशमलव ५ ओभरमा ७ विकेट गुमाएर लक्ष्य भेट्टायो । पहिलो क्वालीफायरमा चेन्नई मुम्बईसँग पराजित भएको थियो भने एलिमिनेटर खेलमा बैंगलोरले राजस्थान रोयल्सलाई पराजित गरेको थियो ।
यसअघि पहिलो चरणको दुवै खेलमा चेन्नइले बैंगलोरलाई पराजित गरेको थियो । फाइनल खेल आइतबार हुनेछ ।
Comments
Post a Comment