राष्ट्रिय टोलीमा नपर्ने भएपछि पिटरसन आइपिएलमा...
वैशाख ३१ – इग्लायण्डका पूर्व कप्तान केभिन पिटरसन आइपिएल क्रिकेटमा देखिने भएका छन् । आइपिएलको जारी प्रतियोगितामा पिटरसन सनराइजर्स हैदराबादका आगामी खेलमा सहभागी हुन लागेका हुन् ।
यसअघिको सस्करणमा दिल्लीका कप्तान रहेका पिटरसनलाई यस पटक भने हैदराबादले ठूलो मूल्यमा क्लब भित्र्याएको थियो । तर इंल्याण्डको काउन्टी क्रिकेट खेल्नका लागि पिटरसन इग्ल्याण्ड गएका थिए । आइपिएलमा हैदराबाद सेमिफइनलको नजिक पुगेपछि पिटरसन भारत आउने भएका हुन् । क्लबका अनुसार पिटरसन शुक्रबार हुने बैंगलोर विरुद्धको खेलमा हैदराबादको टोलीमा रहनेछन् । निकै फर्ममा रहेका पिटपरसनले काउन्ट्री क्रिकेटको जारी सिजनमा
तेहेरो सतक प्रहार गरिसकेका छन् । ३४ बर्षका पिटरसनलाई इंग्ल्याण्ड क्रिकेट बोर्डका निर्देशक एन्ड्रयू स्ट्रसले राष्ट्रिय टिममा तत्काल मौका प्राप्त नहुने बतएपछि पिटरसनले भारतको यात्रा पक्का गरेका हुन् । उनले स्ट्रसको निर्णयपछि ट्विटरमा मजाक गर्दै अब आफूले इंग्ल्याण्ड राष्ट्रिय टोलीको प्रशिक्षकका लागि आवेदन दिन लागेको लेखेका छन् ।
Comments
Post a Comment