भूकम्प पीडितलाई एसियाली खेलकुदका पदक विजेता खेलाडी जोडीको सहयोग..


काठमाडौं, जेठ ७ - अमेरिकालाई कर्मथलो बनाएर बसिरहेका एसियाली खेलकुदका काश्य पदक विजेता किशोर श्रेष्ठ र रजत विजेता सविता राजभण्डारीको जोडीले भुकम्प पीडितहरुको सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा ५ लाख रुपैयाँ प्रदान गर्नु भएको छ।

यो रकम युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेललाई किशोर–सविताको परिवारले हस्तान्तरण गर्नुभयो। रकम किशोरका बुबा दुर्गामान श्रेष्ठ र बहिनी सहाना श्रेष्ठ तथा सविताका दाजु प्रदिप राजभण्डारीले युवा तथा खेलकुद मन्त्रालयमा मन्त्री पौडेललाई हस्तान्तरण गर्नुभएको थियो।

साथै किशोर सविताका ११ वर्षिय छोरा जोसेफ श्रेष्ठ र ९ वर्षकी छोरी जेसिका श्रेष्ठले पनि १ लाख रुपैयाँ पनि प्रधानमन्त्री राहत कोषलाई प्रदान गरियो। यी साना बालकहरुले आफूले जोगाएर जम्मा गरिरहेका पैसा भुकम्प पीडितको लागि प्रदान गरिएको हो।

सहयोग रकम ग्रहण गर्दे युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले विदेशमा रहेर पनि देशलाई विपत्ती परेको बेला सहयोग गरेकोमा यी खेलकुद पात्रलाई धन्यवाद दिनुभयो। उहाँले भन्नुभयो 'यो खेलाडीले गरेको यो प्रयासको उच्च मुल्यांकन हुनेछ।'

सविता राजभण्डारी एसियाली खेलकुदका रजत पदक जित्ने एकमात्र नेपाली खेलाडी हुन्। बैंककमा भएको १३ औं एसियाडमा  उनले त्यो सफलता पाएकी थिइन्। त्यस्तै किशोरले सोही प्रतियोगितामा काश्य पदक जितेका थिए। यी दुवै आठौं साफ गेम्सका स्वर्ण पदक विजेता पनि हुन्।

Comments

Popular posts from this blog

Bayern manager Pep Guardiola calls Lionel Messi the 'best player of all time

PM Deuba urges people to stand adjoining feasible totalitarianism