शीर्ष स्थानको चेन्नइ सामु पञ्जाव निरिह...

काठमाडौं, जेठ २ – इंन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत शनिबार बेलुका भएको खेलमा शीर्ष स्थानको चेन्नइ सुपर किंग्स विजयी भएको छ। चेन्नइले किंग्स इलाभेन पञ्जावलाई ७ विकेटले पराजित गरेको हो। पञ्जावले प्रस्तुत गरेको १ सय ३१ रनको लक्ष्य पछ्याएको चेन्नइले १६ दशमलव ५ ओभरमा मात्र तीन विकेटको क्षतिमा लक्ष्य भेट्टायो। चेन्नइका फेफ डु प्लेसिसले ५५, सुरेश रैनाले नटआउट ४१ तथा कप्तान महेन्द्र सिंह धोनीले नटआउट २५ रन बनाए। पञ्जावका सन्दीप शर्मा, व्युरेन हेन्रिक हेन्ड्रिक्स र ऋषी धवनले एक एक विकेट लिए। यसअघि मोहालीमा टस जितेर पहिले ब्याटिङ गरेको पञ्जावले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ३० रन बनायो। पञ्जावका अक्षर पटेलले ३२ तथा ऋषी धवनले नटआउट २५ रन बनाए। चेन्नइका पवन नेगीले दुई विकेट लिए। जितपछि शीर्ष स्थानको चेन्नइको १४ खेलबाट १८ अंक भएको छ। पुछारमा रहेको पञ्जावको भने समान १४ खेलबाट मात्र ६ अंक छ।

Comments

Popular posts from this blog

Thor Gets Another Haircut

Local polls impossible in March-April: CEC Yadav