नेपाल र आयरल्यान्ड एकै समूहमा,  विश्व ट्वान्टी–२० छनाेटकाे खेल तालिका...

काठमाडौ, वैशाख ३१ - नेपालले विश्व ट्वान्टी–२० छनोटमा आयरल्यान्डसँग समूह चरणमै प्रतिस्पर्धा गर्ने भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बिहीबार प्रकाशित गरेको खेल तालिका अनुसार नेपालले समूह चरणमै घरेलु टोलीलाई प्रतिद्वन्द्वीको रुपमा पाएको हो।

विश्व ट्वान्टी–२० छनोट जुलाई ९ देखि २६ सम्म आयरल्यान्डसँगैं उत्तरी आयरल्यान्ड र स्कटल्यान्डमा आयोजना हुँदैछ। १४ टोली सहभागि रहने प्रतियोगिताको शीर्ष ६ टोली अर्को वर्ष भारतमा हुने विश्व ट्वान्टी–२० मा छनोट हुनेछन्।

नेपाल र आयरल्यान्डसँगैं समूह ‘ए’ मा हङकङ, पपुवा न्यु गिनी, नामिबिया, अमेरिका र जर्सी छन्। त्यस्तै समूह ‘बी’ मा अफगानिस्तान, युएई नेदरल्यान्ड्स, स्कटल्यान्ड, क्यानाडा, केन्या र ओमान छन्। समूहका शीर्ष दुई टोली सोझै विश्वकपमा छनोट हुनेछ। बाँकी ४ टोलीको छनोट प्लेअफबाट हुनेछ।

नेपालले समूह चरणको पहिलो चार खेल उत्तरी आयरल्यान्डको बेलफास्टमा खेल्ने छ। त्यसपछि समूह चरणको बाँकी २ खेल आयरल्यान्डको डब्लिनमा खेल्ने छ।

नेपालको पहिलो खेल जुलाई १०मा अमेरिकासँग छ। त्यसपछि नेपालले जुलाई ११ मा नामिबियासँग, जुलाई १३ मा आयरल्यान्डसँग र हङकङसँग जुलाई १५ मा खेल्ने छ। त्यस्तै जुलाई १७ मा पपुवा न्यु गिनीसँग तथा १८ मा जर्सीसँग खेल्ने छ।

ओमान र युएईसँग अभ्यास खेल

प्रतियोगिता सुरु हुनुअघि नेपालले ओमान र युएईसँग अभ्यास खेल खेल्ने भएको छ। नेपालले ओमानसँग जुलाई ६ मा र युएईसँग जुलाई ७ मा खेल्ने छ। दुबै खेल बेलफास्ट हुनेछ। ओमान एसीसीको छनोट चरण पार गर्दै आयरल्यान्डमा पुगेको टोली हो।

Comments

Popular posts from this blog

Bayern manager Pep Guardiola calls Lionel Messi the 'best player of all time

PM Deuba urges people to stand adjoining feasible totalitarianism