८ हजार ९ सय ४४ रन पुरयौड़ै ​एण्डरसन र कुकले रचे इतिहास...



जेठ १७ – ईंग्ल्याण्डका तिब्र गतिका बलर जेम्स एण्डरसन टेष्ट क्रिकेटमा सबैभन्दा बढि विकेट लिने इङलिस खेलाडी बनेका छन् । न्युजिल्याण्डसँग जारी दोश्रो टेष्टको दोश्रो दिन २ विकेट लिएका एण्डरसन टेष्ट क्रिकेटमा ४ सय विकेट लिने पहिलो बेलायती खेलाडी बन्दै इतिहास रचेका हुन् । यसअघि कुनैपनि इङलिस क्रिकेटरले टेष्ट क्रिकेटमा ४ सय विकेट लिएका थिएनन् । यससँगै टेष्ट क्रिकेटमा ४ सय विकेट लिने एण्डरसन १२ औं खेलाडी बनेका छन् । १ सय ४ औं टेष्ट खेलिरहेका  ३२ बर्षीय एण्डरसनले न्युजिल्याण्डका मार्टिन गुपटिलको विकेट लिँदै आफ्नो ४ सय विकेट पूरा गरेका थिए ।

  यस्तै ईंग्ल्याण्डका कप्तान एलेस्टर कुक पनि टेष्ट क्रिकेटमा सबैभन्दा बढी रन बनाउने इङलिस खेलाडी बनेका छन् । न्युजिल्याण्ड विरुद्धकै जारी टेष्टको पहिलो इनिङमा ७५ रन बनाएका कुकले यसअघि ग्राहम घोचको नाममा रहेको ८ हजार ९ सय रनको रेकर्ड तोडेका हुन् । कुककाे ८ हजार ९ सय ४४ रन पुगेकाे छ । झण्डै २ वर्षपछि लयमा फर्किएका ३० वर्षका कुक टेष्ट क्रिकेटमा सबैभन्दा बढि शतक बनाउने इङलिस खेलाडी समेत हुन् । उनले १ सय १३ टेष्टमा २७ शतक प्रहार गरेका छन् । सन् २०१३ को अन्त्यबाट खराब फर्ममा गुज्रिरहेका कुक भर्खरै सम्पन्न एकदिवशीय विश्वकपको टोलीमा समेत परेनन् ।

तर लगातार १ सय १३ टेष्ट खेलिरहेका कुकले वेष्ट इण्डिज विरुद्धको टेष्ट सँगै आफ्नो लय समातेका छन् । कुककै नेतृत्वमा रहेको ईंग्ल्याण्डको टेष्ट टोलीले न्युजिल्याण्ड विरुद्धको टेष्ट श्रृँखलामा १–० को अग्रता कायम गरेको छ ।

Comments

Popular posts from this blog

Brazil Won by 2 Goal over Mexico with Nil Goal

Brazil leading by 2 goals