विराट कोहली र क्रिस गेलको नयाँ कीर्तिमान...

जेठ ७ – रोयल च्यालेन्जर्स बैंग्लोरले बुधबार राति भएको इंन्डियन प्रिमियर लिग (आइपिएल)  क्रिकेट अन्तर्गतको एलिमिनेटर खेलमा राजस्थान रोयल्सलाई पराजित गर्दै दोस्रो क्वालिफायरमा स्थान पक्का गरेको छ ।राजस्थानलाई ७१ रनले पराजित गरेको बैंग्लोरले फाइनल प्रवेशका लागि शुक्रबार चेन्नई सुपर किंग्ससँग खेल्नेछ । बुधबार रातिको खेलमा बैंग्लोरका मुख्य खेलाडी कप्तान विराट कोहली र क्रिस गेलले खासै राम्रो प्रदर्शन गर्न सकेनन् । गेलले २७ तथा कोहलीले मात्र १२ रन बनाए । तर कोहली र गेलले ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा नयाँ कीर्तिमान बनाएका छन् ।वेस्टइंन्डिजका गेल र भारतीय टिमका उपकप्तान पनि रहेका कोहलीले ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा अहिलेसम्म दुई हजार ३ सय १४ रन बनाएका छन् । जुन ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा अहिलेसम्मकै सबै भन्दा ठूलो साझेदारी हो । उनीहरुले यो योगफलको रन ४७ इनिंग्समा बनाएका हुन् ।यस्तै दोस्रो नम्बरमा गौतम्म गम्भीर र विरेन्द्र सेहवाग छन् । यी दुईले ५६ इनिंग्समा दुई हजार ९७ रन बनाएका छन् । तेस्रो नक्बरमा माइकल हसी र मुरली विजय छन् । उनीहरुले ४९ इनिंग्समा १८ सय ६९ बनाएका छन् ।चौंथो नम्बरमा रहेका महेन्द्र सिंह धोनी र सुरेश रैनाले ६८ इनिंग्समा १७ सय ८९ तथा पाँचौं नम्बरमा रहेका पाकिस्तानका अहमद शहजाद र नासिर जमशेदले ४७ इनिंग्समा १६ सय १० रन बनाएका छन् ।

Comments

Popular posts from this blog

Brazil Won by 2 Goal over Mexico with Nil Goal

Brazil leading by 2 goals