नेपाली क्रिकेट टिमको प्रशिक्षणको जिम्मा बिसिसिआईलाई...

काठमाडौं, जेठ ६ – भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) ले नेपाली राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षणको सम्पूर्ण व्यवस्था मिलाउने भएको छ।

बिसिसिआईका सचिव अनुराग ठाकुरले बुधबार इमेल पठाएर नेपालमा गएको भूकम्पले गर्दा उत्पन्न परिस्थितिमा नेपालमै प्रशिक्षण गर्न सम्भव नभएकाले आउँदो जुन ५ देखि २० सम्म बिसिसिआईले नेपाली राष्ट्रिय टिमको प्रशिक्षणको व्यवस्था मिलाएको जानकारी दिएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ।

क्यानले आउँदो जुलाई ९ देखि २६ सम्म आयरल्याण्ड र स्कटल्याण्डमा हुने आइसिसी ट्वेन्टी ट्वेन्टी विश्वकप क्रिकेट छनौट खेल तथा जुलाई २९ र ३१ मा आयरल्याण्ड विरुद्ध हुने आइसिसी वर्ल्ड क्रिकेट लिगमा सहभागी हुने राष्ट्रिय टिमका खेलाडीलाई बन्द प्रशिक्षणका लागि भारत पठाउने निर्णय गरेको थियो ।

यस्तै अभ्यास खेलका लागि प्रतियोगिता सुरु हुनु पूर्व नेपाली टोलीलाई बेलायत र नेदरल्याण्ड पठाइने क्यानले जनाएको छ । नेपाली टिममा ब्याटिङको प्रशिक्षणका लागि विदेशी प्रशिक्षक र फिजियोको व्यवस्था गरिएकोे छ ।

Comments

Popular posts from this blog

Thor Gets Another Haircut

Fixtures, ICC WCL Div- 2, 2015