दोस्रो एयरबसले व्यवसायिक उडान सुरु गर्‍यो पहिलो उडान दिल्ली....

दोस्रो एयरबसले व्यवसायिक उडान सुरु गर्‍यो

  • पहिलो उडान दिल्ली

lumbini
काठमाडौ, वैशाख ३१ - नेपाल वायुसेवा निगमले खरिद गरेको दोस्रो एयरबस लुम्बिनी ‘ए’ ३२०–२०० ले बिहीबारदेखि व्यवसायिक उडान सुरु गरेको छ । सो जहाजले बुधबार दिउँसो उडान सञ्चालन अनुमति (एओसी) पाएपछि बिहीबारदेखि व्यवसायिक उडान गरेको हो ।
दोस्रो एयरबसले बिहीबार बिहान त्रिभुवन विमानस्थलबाट ८ बजेर २५ मिनेटमा नयाँ दिल्लीको लागि उडान भरेको थियो । काठमाडौंबाट दिल्ली उड्दा १ सय ३६ जना यात्रु बोकेको सो जहाजले दिल्लीबाट काठमाडौं आउँदा भने ४७ जना यात्रु बोकेको थियो ।
गत बैशाख १७ गते नेपाल भित्रिएको न्यारो बडीको सो जहाजले दिल्ली र बैंकक उडान भर्ने निगमका कर्पोरेट डाइरेक्टर तथा प्रवक्ता रामहरी शर्माले बताए । उनले भने, 'अहिले हामीले एयरबसबाट दिल्ली र बैंकक उडान भर्ने छौं । त्यसपछि विस्तारै रुट थप्दै जाने छौं ।'   लुम्बिनी नाम दिइएको यो एयरबसको ९एन-एकेएक्स कलसाइल रहेको छ । पहिलो एयरबसरको ९एन-एकेडब्ल्यु रहेको थियो ।
शर्माका अनुसार अब बोइङले हङकङ, दोहा र मलेसियामा उडान भर्ने छ ।
तीन वर्षपछि फागुन १५ यता निगमले नियमित काठमाडौं–दिल्ली उडान गरिरहेको छ। एयरबस आएपछि उसले बैंगलोर र मुम्बईमा उडान थप्नेछ। हाल जेट एयरवेज, एयर इन्डिया, इन्डिगो, स्पाइस जेट र भुटानको ड्रुक एयरले दिल्ली–काडमाडौं उडान भर्दै आएका छन्। निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि दुईवटा एयरबस ‘ए’ ३२०–२०० र दुईवटा बोइङ–७५७ गरी ४ वटा जहाज छन्।

Comments

Popular posts from this blog

Bayern manager Pep Guardiola calls Lionel Messi the 'best player of all time

PM Deuba urges people to stand adjoining feasible totalitarianism