टेष्ट बरियतामा भारत २ स्थान माथि उक्लिन सफल....


वैशाख २९ – पछिल्लो समय टेष्ट क्रिकेटमा खराब नतिजाका बाबजुत भारत टेष्ट वरियतामा २ स्थान माथि उक्लिएको छ । टेष्ट क्रिकेटमा लगातार पराजय भएको भारत छैटौं स्थानमा झरेको थियो । तर अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आइसिसीले सोमबार जारी गरेको वरियतामा भारत २ स्थान माथि उक्लदै चौथो स्थानमा आइपुगेको हो । आइसिसीले सन् २०११ र २०१२ को नतिजालाई हटाउने तथा सन् २०१३ र २०१४ को सिरिजलाई पनि ५० प्रतिशत मात्र महत्व दिएका कारण भारतलाई फाइदा भएको हो । 

यसअघि भारत इग्ल्याण्ड र अष्ट्रेलिया दुवै टोलीसँग समान ४–० ले पराजित भएको थियो । टेष्ट वरियताको शीर्ष स्थानमा दक्षिण अफ्रिका, दोश्रोमा अष्ट्रेलिया र तेश्रो स्थानमा न्युजिल्याण्ड छन् ।

Comments

Popular posts from this blog

Bayern manager Pep Guardiola calls Lionel Messi the 'best player of all time

Fixtures, ICC WCL Div- 2, 2015