'नयाँ जीवन पाएँ जस्तो लाग्छ': भरत खवास

फोटो: राष्ट्रिय फुटबल खेलाडी खवाससँग गरिएको कुराकानीमा आधारित

२०७२ जेष्ठ ३ आईतवार, काठमाडौं : विनाशकारी भूकम्प आएको पहिलो दिन बैशाख १२ गते म लगायत पाँच जना फुटबल खेलाडीको फोटो सुट गर्ने कार्यक्रम थियो।

यामाहा पपुलर खेलाडीका लागि फोटो सुट गर्न राष्ट्रिय टोलीका गोलरक्षक किरन चेम्जोङ र म भाटभटेनि स्थित एकफोटो स्टुडियोमा पुगिसकेका थियौं।

कप्तान सागर थापा, अनिल गुरुङ र विराज मर्हजन बाटोमा आउँदै थिए। किरन र मेरो मेकअप पूरा भइसकेको थियो। पाँचतले ठूलो घरको माथिल्ले फ्याटमा किरनले यामाहाको हाफ जर्सी लगाएर फोटो खिच्दै थियो। म पालो कुरेर बसिरहेको थिए।

एक्कासी फोटो स्टुडियोको दिदीले भूकम्प आयो भनेर भन्नु भयो। हामीलाई पत्यार लागेन। दिदी जापानमा बसेर आउनु भएको रहेछ। पछि चाल पाएँ, उहाँलाई भूकम्प आएको थाहा भएको विषय । सिसैसिसाको पाँचलते घर पुरै हल्लिन थालेपछि सबैजना अत्तालियौं। त्यहाँका केही मानिस भाग्न थाले ।

मलाई भूकम्प आउँदा टेबुल वा ढोकामुनि बस्नुपर्छ भन्ने सामान्य जानकारी थियो। किरनलाई यता आउ भनेर ढोकामा बोलाए। किरन ओमाई गड भन्दै कराई रह्यो। म पनि डरले बोल्न सकिन।

हेर्दाहेर्दै स्टुडियोमा सिंगारका लागि राखिएको ऐना र सिसाहरु फुट्न थाले। घरपुरै पिङ मच्चिए जस्तै हल्लियो। अव मरिन्छ भन्ने बाहेक केही सोच्न सकिन। झट्ट परिवार र आफलाई सम्झे। यसरी नै मर्न लेखेको रहेछ जस्लो लाग्यो। तर अहिले नयाँ जीवन पाएँ जस्तो लाग्छ।

पहिलो कम्पन सकिएपछि हातमा जुत्ता लिएर हतारहतार बाहिर भाग्यौं। वरपरका घरका पर्खाल भत्किएका रहेछन्। दोस्रो कम्पन आउँदा हामी खाली ठाउँमा पुगिसकेका थियौं। दुईघण्टा त्यही मैदानमा बस्यौं। त्यसपछि आफु बस्दै आएको शंखमुल स्थित कोठामा आएँ। बसेको घर ठिकै रहेछ।

गाउँमा आमा बाबालाई फोन गरे। उतापनि ठिकै रहेछ। विस्तारै जनजीवन सहज बन्दै गएको थियो। साधारण कम्पनलाई सबैले वेवास्था गरिरहेका थिए।

गत मंगलबार फेरी ठूलो कम्पन गएपछि झनै विकराल अवस्था पैदा भएको छ। धेरै मानिसमा त्रास बढेको छ। यस पटकको भूकम्पले धेरै जनधनको क्षति भएको छ। हजारौं मानिस घरबार विहिन भएका छन्।

विभागीय टोलीको खेलाडी भएकाले मैले विभागीय ड्युटी र समाजिक सेवाको कामसँगै गरिरहेको छु। साथीहरुसँग मिलेर राहत र उद्धारको काममा पनि लागेको छु।

भूकम्प आफैमा कल्पना बाहिरको कुरा हो। सबैले आफ्नो सुरक्षा गरेर अरुलाई पनि सुरक्षित बन्न सिकाउनु पर्छ।

Comments

Popular posts from this blog

Thor Gets Another Haircut

Fixtures, ICC WCL Div- 2, 2015