नेपालको भूकम्पमा बाँचे, भारतमा ज्यान गयो

एजेन्सी : मृत्यु आइसकेको छ भने त्यो केही गरी टर्दैन । नेपालमा आएको भूकम्पमा सपरिवार बाँचेर भारत पुगेको एउटा परिवारका तीनजनाको सडक दुर्घटनामा ज्यान गएको छ ।

बैशाख १२ को भूकम्पपछि बाँचेर घर गएका तीन भारतीय नागरिकको बिहीबार काठमाडौं फर्कने क्रममा भारतमा भएको सडक दुर्घटनामा ज्‍यान गएको हो ।

नेपाल फर्कनका लागि दिल्ली जाँदै गरेका सामानको आयातकर्ता एक व्यापारीसहित तीनजनाको जिन्दगी भारतको बावल/रेवाडी राष्ट्रिय राजमार्गमा सकिएको हो ।

सडकमा सिग्नल नदिर्इ बीच सडकमा ढुंगा भरेर राखिएको डम्परमा कार ठोक्किएपछि उनीहरुको ज्यान गएको हो । ती ब्यापारीको परिवार बिहीबार परिवारको साथमा जयपुरबाट नेपाल जानका लागि दिल्ली एयरपोर्ट गइरहेको थियो ।
 
सो दुर्घटनामा परिवारका छ जना अन्य सदस्य पनि घाइते भए । घाइतेहरुको जयपुरको एक निजी अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ ।

राजस्थानको विजयवाडा निवासी राहुल मित्तल नेपालको राजधानी काठमौमा सामान आयात गर्ने काम गर्थे । उनी सपरिवार काठमाडौंमै बस्दै आएका थिए ।
केही दिन आफ्नो पैतृक शहर जयपुरमा रहेपछि बुधबार राति राहुल मित्तल परिवारको साथमा नेपाल जानका लागि कारमा हिँडेका थिए । उनले बिहीबार बिहानन ११ बजे दिल्लीस्थित अन्तरराष्ट्रिय विमानस्थलबाट काठमाडौं उड्ने तालिका थियो ।
 
कारमा राहुलसहित उनका पिता बसन्त मित्तल, छोरा भरत मित्तल, आमा प्रेमलता,  पत्नी पुनम, भाइ सचिन, छोरी दीपिका र  साक्षी सवार थिए ।
 
कारलार्इ भारतकै सवाई माधोपुर निवासी रमेश चन्दले हाँकिरहेका थिए । बिहीबार बिहानै बावलको नजिकै राजमार्गस्थित पुलमा सडकमा ढुंगाले भरिएको डम्परको  पछाडि ठोक्किएको हो ।

घटनामा ५७ वर्षीया बसन्त मित्तल, कार चालक रमेश डेढ वर्षीय भरतको घटनास्थलमै ज्यान गयो । घटनामा प्रेमलता, राहुल, पुनम, सचिन, साक्षी र दीपिका गम्भीररुपमा घाइते भए ।

भारती पुलिसका एएसआई नरेश कुमार वर्माले पुलिसले घटनास्थलमा पुगेर डम्परको पछाडि फसेको कारलार्इ क्रेनको सहयोगमा निकालिएको जानकारी दिए ।
 
बावल पुलिसले डम्परलार्इ नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ । डम्पर चालकलार्इ प्रहरीले अहिलेसम्म पक्रन सकेको छैन।
अन्नपूर्ण पोस्ट्को फेसबुक, ट्वीटर, गुगल प्लस र युट्युबमा जोडिनुस् । मोबाइलका लागि एन्ड्रोइड र आइस्टोरबाट एप डाउनल

Comments

Popular posts from this blog

Bayern manager Pep Guardiola calls Lionel Messi the 'best player of all time

PM Deuba urges people to stand adjoining feasible totalitarianism