८ औं IPL, २०१५ को " ट्रफी" कसले चुम्ला ?

 इण्डियन प्रिमियर लिग ‘आइपीएल’ ट्वेन्टी–२० क्रिकेटको उपाधीको लागि आज मुम्बइ ईण्डियन्स र चेन्नाई सुपर किङ्स भिड्नेछन् । कोलकाताको ईडन गार्डनमा हुने खेल नेपाली समय अनुसार वेलुकी सवा ८ वजे सुरु हुनेछ । प्ले अफको पहिलो छनौट खेलमा चेन्नाई सुपर किङ्सलाई हराँउदै मुम्बई फाइनलमा उक्लेको थियो । उता मुम्बईसँग हारेपछि दोस्रो छनौट खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरलाई पाखा लगाँउदै चेन्नाईले फाईनलमा स्थान बनाएको थियो ।

आइपिएल क्रिकेटको इतिहाँसमा सर्वाधिक सफल टोली चेन्नाईले दुई पटक उपाधि जितिसकेको छ भने मुम्बइ ईण्डियन्सले एक पटक मात्रै उपाधि जितेको छ ।

महेन्द्र सिंह धोनीको कप्तानीम रहेको चेन्नाई यो समेत ६ पटक फाइनलमा पुगिसकेको छ । उता मुम्बईको भने यो तेस्रो पटक फाइनल उपस्थिती हो ।

यी दुई टोलीहरुविच हालसम्मका खेल हेर्दा ११ पटक मुम्बई विजयी भएको छ भने १० पटक चेन्नाई विजयी भएको छ ।

प्रतियोगिताका सबै खेलको तथ्यांक हेर्ने हो भने चेन्नाईले ६० प्रतिशत खेल जितेको छ भने मुम्बईले ५७ प्रतिशत खेल जितेको छ ।

Comments

Popular posts from this blog

Brazil Won by 2 Goal over Mexico with Nil Goal

Brazil leading by 2 goals