बैंग्लोर आइपिएलको अन्तिम चारमा (Repost)

काठमाडौं – इंन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा दिल्ली डेरडेभिल्स र रोयल च्यालेन्जर्स बैंग्लोरबीचको खेल वर्षका कारण प्रभावित भएको छ । वर्षका कारण प्रभावित भएको खेल पानी पर्न नरोकिएपछि रद्ध भएको छ ।

दिल्लीले प्रस्तुत गरेको १ सय ८८ रनको लक्ष्य पछ्याएको बैंग्लोरले १ दशमलव १ ओभरमा दुई रन बनाएको अवस्थामा खेल वर्षले प्रभावित भएको थियो । बैंग्लोलरका लागि कप्तान विरााट कोहलीले दुई बलमा एक तथा क्रिस गेलले पाँच बलमा एक रन बनाएका थिए । यसअघि बैंग्लोरमा पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ८७ रन बनाएको थियो । दिल्लीका लागि क्वीटन डि ककले ६९, जेपी डुमिनीले नटआउट ६७ तथा श्रयस आइअरले २० रन बनाए । बैंग्लोरका युजबेन्द्र चहल र हर्सल पटेलले समान दुई दुई विकेट लिए ।

आइतबारको खेलपछि १४ खेलबाट १६ अंक जोडेको बैंग्लोर दोस्रो स्थानमा उक्लिएको छ । बैंग्लोरले अन्तिम चार स्थान बनाएको छ । पहिलो चरणबाटै बाहिरिसकेको दिल्लीको भने समान १४ खेलबाट ११ अंक छ र उ पुछारबाट दोस्रो स्थानमा छ ।

Comments

Popular posts from this blog

Brazil Won by 2 Goal over Mexico with Nil Goal

Brazil leading by 2 goals