चौंथो अभ्यास खेलमा पनि नेपाल पराजित - हिमाञ्चल प्रदेशसँग ७ रनको हार, सिरिज २-२ को बराबरीमा

धर्मशाला, २ असार। आईसीसीटी–ट्वान्टी विश्वकप छनोट खेलको तयारीका क्रममा भारतमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोली आफ्नो चौंथो अभ्यास खेलमा पनि पराजित भएको छ। हिमाञ्चल प्रदेशको टोलीसँग भएको पहिलो र दोस्रो खेल जितेको नेपाल लगातार तेस्रो र चौंथो खेलमा पराजित भएको हो। धर्मशाला मैदानमा बुधबार भएको खेलमा नेपाल ७ रनले निरास बन्यो।

        हिमाञ्चल प्रदेशले प्रस्तुत गरेको १ सय ५१ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ४३ रनमात्रै जोड्न सक्यो। नेपालको पारीमा कप्तान पारस खड्काले अविजित ३६, उपकप्तान ज्ञानेन्द्र मल्लले २९ तथा राजेश पुलामीले २३ रनको योगदान गरेपनि टोलीलाई जितसम्म डोहोर्याउन सकेनन्। ओपनर सुवास खकुरेललाई विश्राम दिइएपछि मौका पाएका अनिल मण्डलले १५ रन जोडे भने, सरद भेसवाकर १३, विनोद भण्डारी ६, प्रदिप ऐरी ३ र वसन्त रेग्मी २ रनमा आउट भए।

            यसअघि अभिनास कर्णले २ तथा जितेन्द्र मुखिया, वसन्त रेग्मी र प्रदिप ऐरीले १–१ विकटेल लिएपछि घरेलु टोलीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ५० रन जोडेको थियो । उसका लागि अभिमन्यू रानाले अविजित ६७ रनको योगदान गरे । यससँगै सिरिजमा २–२ को बराबरी भएको छ ।

Comments

Popular posts from this blog

Thor Gets Another Haircut

Media society serious exception to obstruction at media houses

Bollyhood Om Puri dies