धोनीले भारतीय क्रिकेटमा सुधार हुन्छ भने आफू कप्तानको जिम्मेवारीबाट पछि हट्न तयार...

असार ७ – भारतीय क्रिकेट टिमका कप्तान मेहन्द्रसिंह धोनीले भारतीय क्रिकेटमा सुधार हुन्छ भने आफू कप्तानको जिम्मेवारीबाट पछि हट्न तयार रहेको बताएका छन्।

     बंगलादेश विरुद्धको तीन एक दिवसीय सिरिजमा पराजित भएपछि बोल्दै कप्तान धोनीले आफूले कप्तानको जिम्मेवारी छोड्दा भारतीय क्रिकेटमा सुधार हुन्छ र हारको क्रम रोकिन्छ भने आफू त्यसका लागि तयार रहेको बताएका हुन्। बंगलादेश विरुद्धको दोस्रो एक दिवसीय खेलपछि भएको पत्रकार सम्मेलनमा बोल्दै धोनीले आफूले कप्तानको जिम्मेवारी छोड्दा भारतको क्रिकेटले राम्रो गर्ने निश्चित भए आफू तत्कालै कप्तानबाट पछि हटेर एक खेलाडीका रुपमा मात्रै रहन तयार रहेको बताएका हुन्।

      आफूले पूरै मजा लिएर क्रिकेट खेलिरहेको बताउँदै उनले भने 'भारतीय क्रिकेटमा घट्ने हरेक नराम्रा घटनाको जिम्मेवार मै हो भने म कप्तान पद छोड्न तयार छु। कप्तान पद भन्दा पनि मेरा लागि भारतीय क्रिकेटको प्रगति महत्वपूर्ण हो।' उनले थपे 'तर त्यसका लागि भारतीय क्रिकेटले राम्रो गर्ने निश्चितता भने हुनुपर्छ।' भारतले जित्छ भने को कप्तान थियो भन्ने कुराले आफूलाई कुनै प्रभाव नपर्ने धोनीको भनाई छ।

     उनले कप्तान पदमा रहिरहने मनसायमा नरहेको तर अहिले आफूलाई दिइएको जिम्मेवारी निभाइ रहेको बताए। यदी मलाई दिएको जिम्मेवारीबाट मुक्त गर्न भारतीय क्रिकेट बोर्ड चाहन्छ भने त्यसका लागि तयार रहेको धोनीको भनाई छ।

Comments

Popular posts from this blog

Thor Gets Another Haircut

Local polls impossible in March-April: CEC Yadav