भारत बंगलादेश सँगको दोस्रो एक दिवसीय क्रिकेटमा पनि पराजित...

भारत बंगलादेशसँगको दोस्रो एक दिवसीय क्रिकेटमा पनि पराजित भएको छ। आइतबार राति सकिएको खेलमा बंगलादेशले भारतलाई ६ विकेटले पराजित गरेको हो। 

     यो जितसँगै बंगलादेशले तीन एक दिवसीयमा २–० को अग्रता लिँदै सिरिज आफ्नो पक्षमा पारेको छ। शेर ए बंग्ला स्टेडियम मिरपुरमा भारतले प्रस्तुत गरेको दुई सय रनको लक्ष्य बंगलादेशले ३८ ओभरमा मात्र चार विकेटको क्षतिमा भेट्टायो। वर्षाले प्रभावित भएको खेलमा बंगलादेशले डकवर्थ लुइस नियमका आधारमा दुई सय रनको लक्ष्य पाएको थियो। बंगलादेशका लागि शकिब अल हसनले नटआउट ५१, लिट्टन दासले ३६, सौम्य सरकारले ३४ तथा कप्तान मुश्फिकर रहिमले ३१ रन बनाए। 

      भारतका धवल कुलकर्णी, रविचन्द्रन आश्विन र अक्षर पटेलले एक–एक विकेट लिए। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले ४५ ओभरमा सबै १० विकेट गुमाउँदै मात्रै दुई रन बनाएको थियो। भारतका लागि शिखर धवनले ५३, कप्तान महेन्द्रसिंह धोनीले ४७, सुरेश रैनाले ३४ तथा विराट कोहलीले २३ रनको योगदान दिएपनि त्यो जितका लागि पर्याप्त भएन। भारतलाई दुई सय रनमै समेट्ने क्रममा बंगलादेशका मुस्तफिजुर रहमानले मात्रै ४३ रन खर्चेर ६ विकेट लिए। यस्तै नासिर हुसेन र रुवेल हुसेनले समान दुई–दुई विकेट लिए। भारत पहिलो एक दिवसीयमा बंगलादेशसँग ७९ रनले पराजित भएको थियो। तेस्रो तथा अन्तिम एक दिवसीय खेल आउँदो बुधबार हुनेछ।

Comments

Popular posts from this blog

Bayern manager Pep Guardiola calls Lionel Messi the 'best player of all time

I would pay to watch AB de Villiers and Mitchell Starc: David Warner