फिल्डिङका क्रममा एक आपसमा ठोक्किएपछि दुई क्रिकेटर मैदानबाटै अस्पताल भर्ना..
जेठ ३२ – फिल्डिङका क्रममा एक आपसमा ठोक्किएपछि दुई क्रिकेटरलाई मैदानमै एम्बुलेन्स ल्याएर अस्पताल लैजानुपरेको छ । ईंग्ल्याण्डको घरेलु क्रिकेट प्रतियोगिता अन्तर्गतको खेल चलिरहेका बेला एउटै बल क्याच गर्ने क्रममा ठोक्किएका ईंग्ल्याण्डका रोए ब्रन्स र अष्ट्रेलियाका मोसिस हेन्रिक्युसलाई अस्पताल भर्ना गर्नुपरेको हो । ईंग्लिस क्लब सुरेबाट खेलिरहेका उनीहरु विपक्षी सक्सेसका खेलाडीको क्याच लिने क्रममा नराम्ररी ठोक्एिका थिए । एक आपसमा ठोक्किएपछि बेहोस बनेका उनीहरुलाई तत्काल एम्बुलेन्स बोलएर अक्सिजन समेत दिनु परेको थियो । आपसमा ठोक्किँदा हेनरिक्युसको आँखा माथिको हड्डी फुटेको छ । अहिले दुबै जना खतरामुक्त रहेको क्लबले जनाएको छ। सक्सेर र सुरेबीच भएको खेलको १९ औ ओभारमा बाउण्ड्री छेउको क्याच लिने क्रममा बलमा ध्यान दिएका दुवैजना एक आपसमा ठोक्किएका थिए । ठोक्किएलगत्तै बेहोस बनेका उनीहरुलाई तत्काल ३ एम्बुलेन्स बोलाएर सेन्ट रिचार्ड अस्पताल भर्ना गरिएको थियो । घटनापछि खेल स्थगित भएको थियो।
Comments
Post a Comment