दोस्रो अभ्यास खेलमा पनि नेपाल विजयी...

टी-२० विश्वकप छनोट क्रिकेट प्रतियोगिताको तयारीमा भारतको धर्मशालामा रहेको नेपाली क्रिकेट टिमले दोस्रो अभ्यास खेलमा पनि जित निकालेको छ। सोमबार दिउँसो धर्मशालामा भएको दोस्रो अभ्यास खेलमा नेपाली टिमले हिमाञ्चल प्रदेश-११ लाई ६१ रन पराजित गर्न सफल भएको हो। नेपाललार्इ फराकिलो जित दिलाउने क्रममा उपकप्तान ज्ञानेन्द्र मल्लले ब्याटिङमा र सोमपाल कामीको अलराउन्ड पर्दशन गरे। फराकिलो जित निकाले पनि नेपालको शुरुवात भने खराब थियो। तर, उपकप्तान मल्लले अविजित रहँदै ५२ रन बनाएपछि नेपालले हिमाञ्चललार्इ १२३ रनको लक्ष्य दिएको थियो।
 


त्यसैगरी सोमपाल कामीले २४नेपालका अन्य ब्याट्सम्यानले गतिलो प्रदर्शन गर्न सकेनन्। नेपालको पारीमा सरद भेसवाकरले ११, सुवास खकुरेलले ५, सागर पुनले ४, पारस खड्का र विनोद भण्डारीले समान १/१ रन जोडे। ४७ रनमा ६ विकेट गुमाएको अवस्थामा नेपालको पारीको उपकप्तान मल्लले उद्धार गरेका थिए।नेपालको पारी सम्हाल्दै ज्ञानेन्द्रसँग सोमपालले ३८ र शक्ति गौचनले ३७ रनको साझेदारी गरी नेपालको जितको आधार खडा गरे।

जवाफी ब्याटिङमा उत्रेको हिमाञ्चल-११ १४ ओभर ३ बलमा ६१ रन जोड्दा अलआउट भएको थियो। घरेलु टोलीलाई सस्तैमा समेट्न सोमपाल कामीले ३, जीतेन्द्र मुखिया र शक्ति गौचनले २/२ र करण केसीले १ विकेट लिन सफल भए।

Comments

Popular posts from this blog

Bayern manager Pep Guardiola calls Lionel Messi the 'best player of all time

I would pay to watch AB de Villiers and Mitchell Starc: David Warner