न्युजिल्यान्डलाई २ सय १० रनको अन्तरले हराउँदै इंग्ल्यान्डले लियो अग्रता

काठमाडौं, जेष्ठ २७ । न्युजिल्यान्डलाई २ सय १० रनको फराकिलो अन्तरले हराउँदै घरेलु टोली इंग्ल्यान्डले पाँच खेलको एक दिवसीय क्रिकेट श्रृंखलामा प्रारम्भिक अग्रता लिएको छ ।
बर्मिङ्घङ्मा सम्पन्न खेलमा टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोली इंग्ल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ४ सय ८ रनको विशाल योगफल खडा गर्‍यो ।

एक दिवसीय क्रिकेटको इतिहासमा इंग्ल्यान्डको यो अहिलेसम्मकै उच्च स्कोर हो। इंग्ल्यान्डका लागि जोस बट्लरले ७७ बलमा १ सय २९ रनको योगदान गरे भने जो रुटले ७८ बलमा १ सय ४ रन जोडे ।

जवाफमा ४ सय ९ रनको बिशाल लक्ष्य लिएर मैदानमा उत्रिएको न्युजिल्यान्ड ३२औं ओभरमा १ सय ९८ रन बनाउदै अलआउट भयो । न्युजिल्यान्डका लागि रोस टेलरले ५७ र केन विलियाम्सनले ४५ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले उल्लेखनीय प्रदर्शन गर्न सकेनन् ।

न्युजिल्यान्डलाई सस्तैमा समेट्नेक्रममा स्टेभन फिन र अदिल रसिदले समान ४–४ विकेट लिए। इंग्ल्यान्डले एक दिवसीय श्रृंखलामा आफ्ना प्रमुख खेलाडीहरुलाई विश्राम दिँदै नयाँ खेलाडीहरुलाई मौका दिएको थियो ।
हालै सम्पन्न एक दिवसीय विश्वकपमा खराव प्रदर्शन गरेको इंग्ल्यान्डले त्यसयता भने सुधारिएको प्रदर्शन गरिरहेको छ । एक दिवसीय श्रृंखलाको दोस्रो खेल आगामी शुक्रबार लन्डनमा हुनेछ ।

यसअघि भएको दुई टेस्टको श्रृंखला भने एक–एकको बराबरीमा सकिएको थियो।

Comments

Popular posts from this blog

Bayern manager Pep Guardiola calls Lionel Messi the 'best player of all time

Fixtures, ICC WCL Div- 2, 2015