तेस्रो खेलमा नेपाल २४ रनले पराजित - सुवास र ज्ञानेन्द्रको ओपनिङ जोडी पनि असफल

आईसीसी विश्वकप टी–ट्वान्टी छनोट क्रिकेट प्रतियोगिताको तयारीका क्रममा भारतमा रहेको नेपाली क्रिकेट टोली आफ्नो तेस्रो अभ्यास खेलमा
पराजित भएको छ । हिमाञ्चल प्रदेश ११ सँगको पहिलो र दोस्रो खेलमा विजयी भएको नेपाली टोली तेस्रो खेलमा २४ रनले निरास बन्न पुग्यो ल।
पुनः एकपटक ब्याटिङ नचल्दा नेपाली टोलीले १ सय ३७ रनको सामान्य लक्ष्य पनि पूरा गर्न सकेन। धर्मशाला क्रिकेट मैदानमा विजयी लक्ष्य
पछ्याएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ३ रनमात्रै जोड्न सक्यो। नेपालका लागि सरद भेसवाकरले अविजित ३७
रनको योगदान गरे पछि जिसम्म डोहोर्याउन सकेनन् । यसअघि सुवास खकुरेलले २३, ज्ञानेन्द्र मल्लले १२, पारस खड्काले १० तथा विनोद भण्डारीले ११ रन जोडेका थिए ।

       यस्तै सिद्धान्त लोहनीले ३, राजेश पुलामीले ७ तथा सोमपाल कामीले १ रन जोड्न सके । ओपनिङमा समस्या देखिएपछि आज सुवास
खकुरेलसँगै ज्ञनेन्द्र मल्ललाई सुरुवातमा ब्याटिङ गर्न पठाइएको थियो । तर, खकुरेल र मल्लको जोडी पनि चल्न सकेन । यसअघि करण केसीले ३, सिद्धान्त लोहनीले २ तथा अभिनास कर्णले १ विकेट लिएपछि नेपालले घरेलु टोलीलाई १ सय ३६ रनको मध्यम स्कोरमै रोकेको थियो । प्रतियोगितामा नेपाल २–१ ले अघि छ।

Comments

Popular posts from this blog

Bayern manager Pep Guardiola calls Lionel Messi the 'best player of all time

PM Deuba urges people to stand adjoining feasible totalitarianism