पत्रकार भोम्जनको परिवारलाई साढे १२ लाख

हेटौंडा, आषाढ ६, भूकम्पमा परी काठमाडौंमा ज्यान गुमाएका खेल पत्रकार सुमन भोम्जनको परिवारलाई साढे १२ लाख रुपैयां सहयोग हस्तान्तरण गरिएको छ।


नेपाल खेलकुद पत्रकार मञ्चको केन्द्रीय टोलीले भोम्जनको हेटौंडा–१० स्थित भुटनदेवी टोलमा रहेको घरमा पुगेर १२ लाख ५९ हजार तीनसय ९४ रुपैयाँको चेक हस्तान्तरण गरेको हो।

मञ्च केन्द्रीय अध्यक्ष अजय फुयाँल, उपाध्यक्ष देवेन्द्र सुवेदी, महासचिव महेश आचार्य र सचिव तथा नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य प्रकाश तिमल्सिना लगायतको टोलीले सुमनका बुबा सुरेन्द्रबहादुर भोम्जन र आमा विमलालाई चेक हस्तान्तरण गरेको हो।

      खेलसम्बद्ध विभिन्न संघसंस्था तथा स्वदेश र विदेशमा रहेको शुभेच्छुकहरुले उपलब्ध गराएको रकम मञ्चले संकलmन गरेको थियो। भोम्जन गोरखापत्र दैनिकमा कार्यरत थिए।

Comments

Popular posts from this blog

Thor Gets Another Haircut

Fixtures, ICC WCL Div- 2, 2015