केन विलिमसन र रोस टेलरले शतकिय पारी खेलेपछि ईंग्ल्याण्ड विरुद्ध न्युजिल्याण्डको अग्रता...

जेठ ३२ – केन विलिमसन र रोस टेलरले शतकिय पारी खेलेपछि न्युजिल्याण्डले ईंग्ल्याण्ड विरुद्धको तेश्रो एकदिवसीय क्रिकेट पनि जितेको छ । जित सँगै न्युजिल्याण्डले ५ म्याचको सिरिजमा २–१ को अग्रता लिएको छ । ईंग्ल्याण्डले दिएको ३ सय ३ रनको विजयी लक्ष्य पछ्याएको न्युजिल्याण्डले १ ओभर बाँकी छदै ७ विकेटको क्षतिमा जित हात पार्यो । ३४ रनमा २ विकेट गुमाएको न्युजिल्याण्डलाई केन विलिमसन र रोस टेलरले तेश्रो विकेटका लागि २ सय ६ रनको साझेदारी गर्दै जितको आधार खडा गरेका थिए ।

       विलिमसनले १ सय १८ र टेलरले १ सय १० रन बनाए । ईंग्ल्याण्डका डेविड विलीले ३ र वेन स्टोकले २ विकेट लिएपनि जितका लागि पर्याप्त भएन् । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोली ईंग्ल्याण्ड उत्कृष्ट सुरुवातका वावजुत पुछारका ब्याट्समेन चल्न नसक्दा ४६ औं ३ सय २ रनमा समेटीएको थियो । ईंग्ल्याण्डका लागि कप्तान इयान मोर्गनले ७१, वेन स्टोकले ६८, जोय रुटले ५४ र सम विलिङ्सले ३४ रन बनाएका थिए । ईंग्ल्याण्डलाई कम योगफलमा समेट्नका लगि टिम साउथी र वेन विलरले समान ३ तथा म्याट हेनरीले २ विकेट लिए । खेलको म्यान अफ द म्याच न्युजिल्याण्डका केन विलिमसन घोषित भए । अब यी २ विचको चौथो एकदिवसीय खेल बुधबार हुनेछ ।

Comments

Popular posts from this blog

Brazil Won by 2 Goal over Mexico with Nil Goal

Brazil leading by 2 goals