बंगलादेश २०१७ को च्याम्पियन्स ट्रफिका लागि छानियो...

असार ७ – बंगलादेश सन् २०१७ मा हुने च्याम्पियन्स ट्रफिका लागि छनौट भएको छ। बंगलादेशले दोस्रो एकदिवसीय क्रिकेटमा भारतलाई ६ विकेटले पराजित गर्दै सन् २०१७ को च्याम्पियन्स ट्रफिका लागि स्थान पक्का गरेको हो।

        तीन एक दिवसीय सिरिजमा दुई खेल जित्दै पहिलो पटक भारतलाई एक दिवसीय सिरिजमा पराजित गरेको बंगलादेशलाई च्याम्पियन्स ट्रफिमा स्थान बनाउनका लागि एउटा जितको खाँचो थियो, जुन आइतबार राति सकिएको खेलमा भारतलाई पराजित गर्दा पूरा भयो।

       भारतलाई दोस्रो एक दिवसीयमा पनि पराजित गरेको बंगलादेशले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) को एक दिवसीय र्‍याङकिङमा ९३ अंक सहित सातौं स्थानमा छ। आइसिसीको नियम अनुसार अब बंगलादेशले च्याम्पियन्स ट्रफि खेल्न पाउने छ।

Comments

Popular posts from this blog

Thor Gets Another Haircut

Local polls impossible in March-April: CEC Yadav