टेष्ट क्रिकेटमा गुलाबी बल प्रयोग गरिने
असार २ – अन्ततः गुलाबी रंगको क्रिकेट बल
प्रयोगमा आउने भएको छ । क्रिकेट बल
निर्माता कम्पनी कुकाबुराले गुलाबी रंगको बल
अब प्रयोग गर्न तयार भएको बताएको छ ।
आउँदो नोभेम्बरमा अस्ट्रेलियमा हुने डे–नाइट
टेस्ट म्याचमा गुलाबी रंगको बलको प्रयोग
हुनेछ ।
क्रिकेट अस्ट्रेलियले आउँदो नोभेम्बरमा
न्युजिल्याण्ड विरुद्ध डे–नाइट टेस्ट म्याच
गर्ने लगभग तय गरिसेको छ । त्यो खेलमा
गुलाबी रंगको बल प्रयोग गर्न सिएले पनि
स्वीकृती दिएको छ । अस्ट्रेलिया तथा
इंग्ल्याण्डमा गएको केही वर्षदेखि गुलाबी
रंगको बलको प्रयोग भएको छ ।
अहिले आएर निर्माता कम्पनी कुकाबुराले पनि
यो बल प्रयोग गर्न स्वीकृती दिएको छ ।
दक्षिण अफ्रिका र वेष्ट इन्डिजका क्रिकेट
बोर्ड पनि गुलाबी रंगको बल प्रयोग गर्ने
सम्बन्धमा सकारात्मक देखिएका छन् ।
केही ब्याट्सम्यान तथा बलरहरुले भने यो
बलको प्रयोगका विषयमा आलोचना गर्दै
आएका छन् । बेलुका हुँदै गएपति गुलाबी
बललाई देख्न मुस्किल पर्दै जाने उनीहरुको
भनाई छ । बल निर्माता कम्पनीले भने गएको
पाँच वर्षमा धेरै प्रयोग गरिएको र यसमा
रहेका कमजोरीहरुलाई सुधार गरिएकाले अब
प्रयोग गर्न मिल्ने र केही कमजारी नरहेको
दाबी गरेको छ ।
प्रयोगमा आउने भएको छ । क्रिकेट बल
निर्माता कम्पनी कुकाबुराले गुलाबी रंगको बल
अब प्रयोग गर्न तयार भएको बताएको छ ।
आउँदो नोभेम्बरमा अस्ट्रेलियमा हुने डे–नाइट
टेस्ट म्याचमा गुलाबी रंगको बलको प्रयोग
हुनेछ ।
क्रिकेट अस्ट्रेलियले आउँदो नोभेम्बरमा
न्युजिल्याण्ड विरुद्ध डे–नाइट टेस्ट म्याच
गर्ने लगभग तय गरिसेको छ । त्यो खेलमा
गुलाबी रंगको बल प्रयोग गर्न सिएले पनि
स्वीकृती दिएको छ । अस्ट्रेलिया तथा
इंग्ल्याण्डमा गएको केही वर्षदेखि गुलाबी
रंगको बलको प्रयोग भएको छ ।
अहिले आएर निर्माता कम्पनी कुकाबुराले पनि
यो बल प्रयोग गर्न स्वीकृती दिएको छ ।
दक्षिण अफ्रिका र वेष्ट इन्डिजका क्रिकेट
बोर्ड पनि गुलाबी रंगको बल प्रयोग गर्ने
सम्बन्धमा सकारात्मक देखिएका छन् ।
केही ब्याट्सम्यान तथा बलरहरुले भने यो
बलको प्रयोगका विषयमा आलोचना गर्दै
आएका छन् । बेलुका हुँदै गएपति गुलाबी
बललाई देख्न मुस्किल पर्दै जाने उनीहरुको
भनाई छ । बल निर्माता कम्पनीले भने गएको
पाँच वर्षमा धेरै प्रयोग गरिएको र यसमा
रहेका कमजोरीहरुलाई सुधार गरिएकाले अब
प्रयोग गर्न मिल्ने र केही कमजारी नरहेको
दाबी गरेको छ ।
Comments
Post a Comment