प्रधानमन्त्रीकपको उपाधि जनकपुरलाई !!

प्रधानमन्त्रीकप महिला राष्ट्रिय क्रिकेटको उपाधि जनकपुरधामले जितेको छ। सशस्त्र प्रहरीको एपिएफलाई ५ रनले हराउँदै क्षेत्र नम्बर ५ जनकपुरले उपाधि हात पारेको हो। ४६ रनको झिनो लक्ष्य पछ्याएको एपिएफले १७ ओभर ५ बलमा ४० रन मात्र बनाउन सक्यो। उसका कुनै पनि ब्याट्सवुमनले दोहोरो अंकमा रन जोड्न सकेनन्। जनकपुरकी सन्तोषी चौधरीले ३ तथा सरस्वती चौधरीले २ विकेट लिइन्। 

      यसअघि पहिले ब्याटिङ गरेको जनकपुरले १७ ओभर ३ बलमा ४५ रन बनाएको थियो। यस्तै विराटनगरलाई ७ विकेटले हराउँदै धनगढी तेस्रो भयो। उपाधिसँगै जनकपुरले ५० हजार रुपैयाँ पायो भने दोस्रो भएको एपीएफले ३० हजार तथा तेस्रो भएको धनगढीले २० हजार रुपैयाँ पाएको छ।

Comments

Popular posts from this blog

Thor Gets Another Haircut

Fixtures, ICC WCL Div- 2, 2015