​भारत बंगलादेशसँग पराजित

असार ४ – बंगलादेश विरुद्धको पहिलो एकदिवसीय क्रिकेटमा भारत बंगलादेशसँग पराजित भएको छ। बिहीबार राती सकिएको खेलमा भारत बंगलादेशसँग ७९ रनको फराकिलो अन्तरले पराजित भयो।

बंगलादेशले दिएको ३ सय ८ रनको लक्ष्य पछ्याएको भारत ४६ ओभरमा मात्र २ सय २८ रनमा समेटियो। भारतले उत्कृष्ट सुरुवात गरेपनि मध्य तथा पुछारका ब्याट्सम्यान नचल्दा पराजित भएको हो । भारतका लागि रोहित शर्मा र शिखर धवनले पहिलो विकेटका लागि ९५ रनको साझेदारी गरेका थिए । शर्माले ६३ र धवनले ३० रन बनाए । यस्तै सुरेश रैनाले ४०, रविन्द्र जडेजाले ३२ र विनय कुमारले २५ रन बनाउनबाहेक अन्य कुनै ब्याट्सम्यानले राम्रो प्रदर्शन गरेनन् । भारतलाई कम स्कोरमा समेट्नका लागि एकदिवसीय क्रिकेटमा डेब्यु गरेका मुस्तफिजुर रहेमनले सर्वाधिक ५ विकेट लिए । त्यस्तै सकिब अल हसन र तस्किल अहमदले पनि समान २–२ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले ४९ दशमलब ४ ओभरमा आल आउट हुदै ३ सय ७ रनको योगफल तयार पारेको थियो । बंगलादेशलाई उच्च योगफल बनाउन पहिलो विकेटका लागि तमिम इकवाल र सौम्य सरकारले १ सय ५ रनको साझेदारी गरेका थिए । तमिमले ६० र सरकारले ५४ रन बनाए । त्यस्तै सकिब अल हसनले ५२,सब्बिर रहमनले ४१ र नसिर हुसेनले ३४ रन बनाए । भारतका रविचन्द्र आश्विनले ३ तथा उमेश यादब र भुवनेश्वर कुमारले समान २–२ किवेट लिए । खेलको म्यान अफ द म्याच बंगलादेशका मुस्ताफिजुर घोषित भए । दोश्रो एकदिवसीय खेल आइतबार ढाकामा हुनेछ ।

Comments

Popular posts from this blog

Brazil Won by 2 Goal over Mexico with Nil Goal

Brazil leading by 2 goals