पाँचौ एकदिवसीय क्रिकेटमा न्युजिल्याण्ड विरुद्धको एकदिवसीय श्रृँखलामा ईंग्ल्याण्डको जित...

अन्तिम तथा पाँचौ एकदिवसीय क्रिकेटमा जोनी विस्ट्रोको उत्कृष्ट प्रदर्शनको मद्दतमा ईंग्ल्याण्डले न्युजिल्याण्ड विरुद्धको एकदिवसीय क्रिकेट श्रृँखला जितेको छ।  

       सिरिज अन्तर्गत शनिबार राती सकिएको खेलमा न्युजिल्याण्डलाई ३ विकेटले पराजित गर्दै ईंग्ल्याण्डले ५ म्याचको सिरिज ३–२ ले जितेको हो। वर्षाले प्रभावित खेलमा डक वर्थ लुइस नियम अनुसार २६ ओभरमा पाएको १ सय ९२ रनको विजयी लक्ष्य इग्ल्याण्डले १ ओभर बाँकी छदै ७ विकेट गुमाएर पूरा गर्यो।  ४५ रन बनाउँदा ५ विकेट गुमाइसकेको ईंग्ल्याण्डलाई विस्ट्रो र साम विलिङ्सले ८० रनको साझेदारी गर्दै उकासेका थिए। नटआउट रहेका विस्ट्रोले ६० बलमा ११ चौकाको मदतले ८३ तथा विलिङ्सले ३० बलमा ४१ रन बनाए। 

       न्युजिल्याण्डका मिचेल सन्टनरले ३ तथा वेन विलरले २ विकेट लिए। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारीत ५० ओभरमा ९ विकेट गुमाउदै २ सय ८३ रन बनाएको थियो। न्युजिल्याण्डका लागि मार्टिन गुपटिलले सर्वाधिक ६७, केन विलिमसनले ५०, रोज टेलरले ४७, वेन विलरले ३९ र ग्रेण्ट इलियटले ३५ रन बनाएका थिए। ईंग्ल्याण्डका वेन स्टोकले ३ तथा अदिल रसिद, डेविड विली र स्टेफन फिनले समान २ विकेट लिएका थिए । फाइनल खेलको म्यान अफ द म्याच इग्ल्याण्डका जोनी विस्ट्रो तथा म्यान अफ द सिरिज न्युजिल्याण्डका केन विलिमसन घोषित भए।

Comments

Popular posts from this blog

नेपालले टीट्वेन्टी अन्तर्राष्ट्रिय मान्यता गुमायो

Bayern manager Pep Guardiola calls Lionel Messi the 'best player of all time