शाहरुख र जुहीले किने क्यारबियन लिगको टिम...

जेठ २७ – इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट टिम कोलकता नाइट राइडर्सका मालिकले क्यारबियन प्रियिमर लिग (सिपिएल) को एउटा टिम किनेका छन् ।

कोलकाताका सह मालिक बलिउड अभिनेता शाहरुख खान, अभिनेत्री जुही चावला तथा जुहीका श्रीमान जय मेहताले वेष्ट इन्डिजको क्यारबियन प्रिमियर लिग अन्तर्गतको ट्रिनिडाड एण्ड टोबागोको टिम रेड स्टील किनेका हुन् । कुनै पनि आइपिएल टिमका मालिकले भारत भन्दा बाहिरको ट्वेन्टी–ट्वेन्टी लिगको टिम खरिद गरेको यो नै पहिलो पटक हो ।

कोलकता नाइट राइडर्सका सह–मालिक खानले भने 'हाम्रो उस्थितिलाई विश्वस्तरमा पुर्‍याउने अभियान अन्तर्गत नै हामीले टिम किनेका हौं । ट्रिनाडाड एण्ड टोबागोको क्रिकेट संस्कृतिमा सामेल हुन पाउँदा रोमाञ्चित भएका छौं ।'
उनले थपे 'सिपिएलको सफलताले पनि लगानी गर्न उत्साहित पारेको हो ।' ट्रिनिडाड एण्ड टोबागोको टिममा डवेन ब्रावो, ज्याक कालिस, डरेन ब्रावो, जोहान बोथ, कमरान अकमल तथा केभिन कुपर जस्ता खेलाडी छन् ।

Comments

Popular posts from this blog

Thor Gets Another Haircut

Local polls impossible in March-April: CEC Yadav