नेपाल क्रिकेट संघ (क्यान) ले आइसिसी ट्वेन्टी–ट्वेन्टी विश्वकप छनौटका लागि नेपाली टोलीको घोषणा...

काठमाडौं, जेठ २७ – नेपाल क्रिकेट संघ (क्यान) ले आइसिसी ट्वेन्टी–ट्वेन्टी विश्वकप छनौट प्रतियोगिताका लागि नेपाली टोलीको घोषणा गरेको छ। क्यनले चार जना वैकल्पिक सहित १९ जना खेलाडी प्रतियोगिताका लागि छनौट गरेको हो ।

आउँदो जुलाई ३ देखि २६ सम्म आयरल्याण्ड र स्कटल्याण्डमा हुने प्रतियोगिताका लागि खेलाडी छनौट गरिएको क्यानका कार्यबहाक अध्यक्ष दीपक कोइरालाले बुधबार विज्ञप्ति निकालेर जानकारी दिनुभएको छ ।
छनौटमा पर्ने खेलाडीमा कप्तान पारस खड्का, सदर भेषवाकर, बसन्त रेग्मी, सोमपाल कामी, करण केसी र सुवास खकुरेल छन् । यस्तै ज्ञानेन्द्र मल्ल, शक्ति गौचन, सागर पुन, विनोद भण्डारी, राजेश पुलामी मगर, प्रदिप ऐरी, जितेन्द्र मुखिया, अनिल मण्डल र सिद्धान्त लोहनी पनि छनौटमा पर्न सफल भएका छन् । वैकल्पिक खेलाडीका रुपमा पृथु बाँस्कोटा, मेहबुब आलम, भुवन कार्की र अभिनाश कर्ण छनौट भएका छन् ।

यसैगरी टिम लिडरमा क्यानका कार्यबहाक अध्यक्ष दीपक कोइराला, टिम म्यानेजरमा क्यानका प्रमुख कार्यसञ्चालन अधिकृत छुम्बी लामा, प्रशिक्षकमा पुवुदु दशानायके, टेक्निकल एनेलिस्टमा रमन सिवाकोटी, बलिङ कोचमा विनोद दास, ब्याटिङ कोचमा भारतका मोन्टी देशाई र फिजियोमा भारतका ऐजाज असई रहेको कार्यबहाक अध्यक्ष कोइरालाले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ। नेपाली टोली अहिले भारतको धर्मशालमा बन्द प्रशिक्षणमा रहेको छ ।

Comments

Popular posts from this blog

Fixtures, ICC WCL Div- 2, 2015

Bayern manager Pep Guardiola calls Lionel Messi the 'best player of all time